रोचक


अस्ट्रेलिया आगलागीः घर जल्नबाट जोगाएपछि अग्नि नियन्त्रकले छाडे मन छुने सन्देश

अस्ट्रेलिया आगलागीः घर जल्नबाट जोगाएपछि अग्नि नियन्त्रकले छाडे मन छुने सन्देश

नेपालखबर
कात्तिक २६, २०७६ मंगलबार १२:१,

आगलागीकै कारण त्यहाँको न्यु साउथ वेल्स र क्विन्सल्यान्ड राज्यमा आपतकालीन अवस्थाको घोषणा गरिएको छ।

न्यु साउथ वेल्स र क्वीन्सल्यान्डका बाक्लो झाडीमा गएको चार दिन दिनयता भीषण आगलागी भइरहेको हो।

आगलागीलाई नियन्त्रणमा लिन त्यहाँ १३ सय अग्नि नियन्त्रक खटाइएको छ।

सोमबार यसै सेरोफेरोमा एक रोचक घटना घटेको छ।

पल सेफ्की न्यु साउथ वेल्सका बासिन्दा हुन्। उनकी सोमबार काम गर्न घरबाट निस्किएका थिए।

उनी घर नभएको समयमा झाडीमा लागेको आगलागी उनको घरतर्फ अगाडि बढेको थियो।

त्यसबेला केही अग्नि नियन्त्रकले उनको घर जल्नबाट बचाए। उनीहरुले पलले फ्रिजमा राखेको दूध पिए।

Image result for aus fire

तर उनीहरुले आफ्नो इमानदारिता देखाए। अग्नि नियन्त्रकले उनलाई एक पत्र छाडे। उक्त पत्रमा भनिएको छ,‘हामी तपाइँको घर आगलागीबाट जोगाउन पाउँदा खुशी छौं। तर हामी माफी चाहान्छौं, हामीले पिएको दूध अवश्य फिर्ता गर्नेछौं।’

पलले अग्नि नियन्त्रकहरुले छाडेको सन्देश सामाजिक सन्जालमा पोस्ट गर्दै मन छुने सन्देश भएको प्रतिक्रिया जनाएका छन्।

मानिसहरुले पनि अग्नि नियन्त्रकहरुको प्रशंसा गरेका छन्। उनीहरु इमानदार मानिस भएको बताइरहेका छन्।

अस्ट्रेलियाको आगलागीका कारण अहिलेसम्म ३ जनाको मृत्यु भइसकेको छ।

 यतिबेला दुई राज्यका १ सय २० स्थानमा भन्दा बढी आगलागी भइरहेको छ। १ सय ५० भन्दा बढी घरहरु जलेर पूर्ण नष्ट भएका छन्। हजारौं मानिसहरु विस्थापित भएका छन्।बीबीसी

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .