तर वेलायतमा अब किरा हालिएका बर्गर पाइने भएको छ। जुन अन्य बर्गरभन्दा मिठो र रसिलो भएको बताइएको छ।
यस बर्गरलाई ‘वर्म बर्गर’ भनिएको छ। लन्डनको इलिङस्थित फार्मले बर्गरका लागि खानयोग्य किरा प्रदान गर्नेछन्।
यसअघि बढी मासु खाँदा रोगहरु उत्पन्न भएका खबर सार्वजनिक भएका थिए। मासुको स्थान लिनसक्ने खानयोग्य किराहरु उत्पादनको विषय पनि उठिरेहका थिए।
यसबीचमा मासुजन्य बर्गरलाई प्रतिस्थापन गर्न वर्म बर्गर ल्याउन लागिएको जनाइएको छ। मेलवर्म नाम गरिएको किराको प्रयोग बर्गरमा प्रयोग हुनेछ।
यसमा प्रोटिनको मात्रा अत्याधिक भएको बताइएको छ। यो बर्गर स्वास्थ्यको हिसाबले पनि निकै फाइदाजनक भएको वेलायतका चिकित्सक दाबी गर्दछन्। डेलीमेल
कात्तिक २१, २०७६, बिहीबार
प्रतिक्रिया