ad ad

राजनीति


बाग्लुङ २ (ख) मा वाम गठबन्धनबाट शाहीको उम्मेद्वारी दर्ता

बाग्लुङ २ (ख) मा वाम गठबन्धनबाट शाहीको उम्मेद्वारी दर्ता

नेपालखबर
कात्तिक २१, २०७६ बिहिबार ९:३,

प्रदेशसभा उपनिर्वाचन अन्तर्गत बाग्लुङ २ (ख) मा वाम गठबन्धनबाट राष्ट्रिय जनमोर्चाका खिमविक्रम शाहीको उम्मेदवारी दर्ता भएको छ। शाहीको प्रस्तावकमा धर्म कुँवर र समर्थकमा गौरिश्वर पाण्डे छन्।

राजमो र नेकपाको संयुक्त जुलुशले बाग्लुङ बजार परिक्रम पछि मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेद्वारी दर्ता गरेको हो। उम्मेद्वारी दर्ता गर्ने क्रममा राजमोका अध्यक्ष चित्रबहादुर केसी तथा नेकपाका नेता एवं प्रतिनिधिसभाका सांसद देवेन्द्र पौडेल उपस्थित थिए।

उम्मेद्वारी दर्तापछि राजमो पूर्व सचिव कृष्ण अधिकारीले नेकपा र राजमो दुबै दलको साझा प्रचार समिति बनाएर चुनाव प्रचार प्रसार सुरु गरिने जानकारी दिए। जिल्लामा देखिएका केही सानातिना असन्तुष्टिलाई दुबै दलका नेताहरु बसेर समाधान गरिने नेता अधिकारीले बताए।

नेकपा र राजमाेबीच केन्द्रमा भएकाे सहमति अनुसार साे क्षेत्रमा राजमाेले उम्मेद्वारी दिएकाे हाे। बाग्लुङ २(ख) मा यसअघि राजमो नेता टेकबहादुर घर्ती प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए। घर्तीको निधनपछि सो स्थानमा उपनिर्वाचन हुन लागेको हो।

त्यसबाहेक प्युठानको ऐरावति–२ को वडा अध्यक्षको लागि राजमोले भक्त बहादुर विकलाई उम्मेदवार बनाउने बनाउने भएको छ। बाँकी स्थानमा भने राजमाेले नेकपालाई सघाउनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .