ad ad

रोचक


उत्तर काेरियामा पाँच मिनेटको प्रतिबन्धित फिल्म हेर्दा किशाेरलाई सुनाइयाे १४ वर्ष जेल!

उत्तर काेरियामा पाँच मिनेटको प्रतिबन्धित फिल्म हेर्दा किशाेरलाई सुनाइयाे १४ वर्ष जेल!

सांकेतिक तस्बिर


नेपालखबर
मंसिर १७, २०७८ शुक्रबार १३:५७, काठमाडौँ

उत्तर कोरियाका एक किशोरलाई पाँच मिनेटको प्रतिबन्धित फिल्म हेरेको आरोपमा १४ वर्षको जेल सजाय सुनाइएको छ।

डेल्ली एनकेका अनुसार उत्तर कोरियाको याङगाङ प्रान्तका १४ वर्षीय छात्रलाई दक्षिण कोरियाली फिल्म ‘द अंकल’ हेरेको आरोपमा गत नोभेम्बरमा पक्राउ गरिएको थियो। 

स्रोतलाई उद्धृत गरिएको समाचारका अनुसार फिल्म हेर्न थालेको पाँच मिनेटभित्रै उनलाई पक्राउ गरिएको थियो। सजाय सुनाइएसँगै अब उनलाई कडा मेहनतको लागि पठाइएको छ। 

उत्तर कोरियामा यस्तो आरोपमा पक्राउ परेका यी पहिलो व्यक्ति भने होइनन्। यसअघि एक युवालाई पनि उत्तर कोरियाले ‘पोर्न’ हेरेको आरोपमा पक्राउ गरेको थियो र उनका अभिभावकलाई राजनीतिक जेल सजाय सुनाएको थियो। 

उत्तर कोरियामा ‘एसासिएसन प्रणाली’ छ। जसअन्तर्गत कुनै पनि किसिमको सांस्कृतिक अपराध गर्नेलाई कडा सजाय दिइन्छ।

पाँचदेखि १५ वर्षसम्मको जेल सजाय सुनाइएका दोषीलाई ‘सुधारात्मक श्रम’को सजाय सुनाउन सकिने व्यवस्था छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .