अस्ट्रेलियाका पूर्वक्रिकेटर डेभिड वार्नर भारतीय सिनेमामा देखिने भएका छन्। यो जानकारी उनी आफैँले सामाजिक सञ्जालमार्फत दिएका हुन्।
डेभिड वार्नरले तेलुगु फिल्म 'रोबिन हुड'बाट डेब्यु गर्न लागेको खुलासा गरेका छन्।
वार्नरले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेका छन्, ‘भारतीय सिनेमा म आउँदै छु। सुटिङ गर्दा धेरै रमाइलो भयो। रबिन हुडको हिस्सा हुन पाउँदा म धेरै खुसी छु।’
शनिबार फिल्म निर्माताहरूले डेभिड वार्नरको एउटा पोस्टर सेयर गरेर स्वागत गरे, जसमा लेखिएको छ, ‘बाउन्ड्रीदेखि बक्स अफिससम्म, डेभिड वार्नरलाई भारतीय सिनेमामा स्वागत छ।’
फिल्ममा मुख्य भूमिका निर्वाह गरिरहेका तेलुगु अभिनेता नितिनले पोस्टमा लेखेका छन्, ‘ब्याटिङदेखि सुटिङसम्म, क्रिकेट मैदानदेखि फिल्म क्षेत्रसम्म। स्वागत छ भाइ डेभिड वार्नर।’
यो फिल्म मार्च २८ मा विश्वव्यापी रूपमा रिलिज हुँदै छ।
यो फिल्मलाई भेन्की कुडुमुलाले निर्देशन गरेका हुन्।

Shares

प्रतिक्रिया