कला


जनकपुर साहित्य महोत्सव जेठ पहिलो साता

जनकपुर साहित्य महोत्सव जेठ पहिलो साता

नेपालखबर
बैशाख ३०, २०८३ बुधबार १७:३, काठमाडौँ

जनकपुर साहित्य महोत्सवको तीन दिने सातौं संस्करण आउँदो जेठ १ गतेदेखि जनकपुरधाममा हुने भएको छ।

नव मिथिला फाउन्डेसनको आयोजना तथा फ्याक्ट्स नेपालको प्रायोजनमा हुने महोत्सवको सम्पूर्ण कार्यक्रम महेन्द्र नारायण निधि भवन परिसरमा आयोजना गरिने आयोजकले जनाएको छ। महोत्सवमा साहित्यदेखि सुशासन, पर्यटनदेखि खेलकुद, महिला लेखनदेखि सम्पदा संरक्षणसम्मका विविध विषयमा छलफल हुनेछन्।

बुधबार जनकपुरधाममा बुधबार पत्रकार सम्मेलन गरी यस पटकको संस्करण ‘जनकपुर केन्द्रित विमर्श’ को रूपमा प्रस्तुत गरिने जनाइएको छ। महोत्सवको उद्घाटन जेठ १ गते दिउँसो २ बजे मधेश प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले गर्ने भएका छन्। 

महोत्सवमा १३ वटा प्यानलमा छलफल गरिने भएको छ। यस पटकको संस्करण अघिल्ला वर्षभन्दा फरक ढंगले तयार पारिएको महोत्सवका निर्देशक राजीवधर जोशीले बताए। जनकपुरधामको इतिहास, सम्पदा र सांस्कृतिक पहिचानलाई केन्द्रमा राखेर कार्यक्रमको संरचना बनाइएको जोशीको भनाइ थियो। 

महोत्सवको अर्को आकर्षण प्रभातकालीन सम्पदा पदयात्रालाई लिइएको छ। जेठ २ गते बिहान आयोजना हुने पदयात्रामा १२ सयदेखि १५ सयसम्म सहभागी हुने फाउन्डेसनका उपाध्यक्ष आदित्य नेपालले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad