कला


भोजपुरी अभिनेत्री अक्षराले जब नेपालका ट्राफिक प्रहरीलाई नेपाली भाषा सिकाउन भनिन् (भिडिओ)

भोजपुरी अभिनेत्री अक्षराले जब नेपालका ट्राफिक प्रहरीलाई नेपाली भाषा सिकाउन भनिन् (भिडिओ)

नेपालखबर
बैशाख ८, २०८१ शनिबार २०:५५, काठमाडौँ

चर्चित भोजपुरी अभिनेत्री अक्षरा सिंह र नेपाली ट्राफिक प्रहरीबीच भएको संवाद यतिबेला सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा भाइरल भइरहेको छ।  

अभिनेत्री अक्षरा गत बिहीबार सिरहाको लहान एक्स्पोमा सहभागी हुन नेपाल आएकी थिइन्। त्यहाँ विभिन्न प्रस्तुति दिएर भारत फर्किने क्रममा उनले नेपालका ट्राफिक प्रहरीसँग भलाकुसारी गरेकी हुन्। उक्त भिडिओ अक्षराले आफ्नो फेसबुकमा पनि सेयर गरेकी छन्।

जसमा गाडीमा रहेकी अक्षराले बाहिर डिउटीमा रहेका ट्राफिक प्रहरीहरूसँग नेपाली भाषा सिकिरहेको देखिन्छ। 

यस्तो छ संवाद

अक्षरा भन्छिन्: मुझे भि सिकाओ (मलाई पनि सिकाउनुस्)

ट्राफिक प्रहरी: हजुर!

अक्षरा: मुझे सिकाओ नेपाली 

ट्राफिक प्रहरी: हो..र? तपाईं (गाडीबाट) एकचोटि झर्नु न! 

अक्षरा: नहीँ यहाँ से (गाडीबाटै)

ट्राफिक प्रहरी: केही हुँदैन के हामी यहाँ...

तर उनी मान्दिनन्। गाडीबाटै नेपाली सिकाउन कर गर्छिन्। 

ट्राफिक प्रहरी (हाँस्दै): तपाईंको नाम के हो?

अक्षरा: तपाईंको नाम? 

ट्राफिक प्रहरी: हजुर। 

अक्षरा: तपाईंको नाम के हो? 

ट्राफिक प्रहरी: मेरो नाम?

अक्षरा: हुँ..

ट्राफिक प्रहरी: मेरो नाम सुरेन्द्र मुखिया हो। 

अक्षरा: मेरो नाम अक्षरा हो। 

दुवै जना हाँस्छन्। 

बाहिर मुखियाबाहेक अन्य ट्राफिक प्रहरी पनि हुन्छन्। 

पालैपालो परिचय दिन्छन्। 

मेरो नाम आदित्य कुमार मिश्र, हेल्लो मेरो नाम मनोज सतरा यादव,

अक्षरा: अनि तपाईं? 

–श्रीमराम खतिवडा। 

हेर्नुहोस् भिडिओ-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .