ad ad

कला


‘लैंगिक हिंसा २० वर्षअघि जस्तो थियो, अहिले पनि उस्तै छ’

‘लैंगिक हिंसा २० वर्षअघि जस्तो थियो, अहिले पनि उस्तै छ’

नेपालखबर
भदौ १७, २०८० आइतबार २१:२१, काठमाडौँ

तीन दिनदेखि जारी ‘काठमाडौं कलिंग साहित्य महोत्सव’को अन्तिम दिन आज पनि विभिन्न समसामयिक विषयमा छलफल भएका छन्।

सुरुका दिनदेखि नै लैगिंक समानताको विषयमा बहस चलिरहेको महोत्सवमा ‘लैंगिक हिंसा र त्यसको असर’ विषयमा छलफल भयो।

अन्तर्क्रिया कार्यक्रममा बोल्दै नेपाल टेलिभिजनको निमित्त नायव महानिर्देशक आरती चटौतले अहिलेको सकारात्मक कुरा नै विश्वले लैगिंक हिंसा छ भनेर स्वीकार गर्नु रहेको बताइन्।

उनले भनिन्, ‘नेपालले पनि सदियौंदेखि लैंगिक हिसां गरेको कुरालाई आत्मसात् गरेर सयौं कानुनहरु परिवर्तन गरेको छ।’

चटौतका अनुसार लैंगिक हिंसा घटेको छैन तर परिदृष्य परिवर्तन भएको छ।

सहजकर्ता सुदर्शन गिरीले ‘योभन्दा पहिले तीनओटै प्रमुख कार्यकारी पदहरु राष्ट्रपतिमा विद्यादेवी भण्डारी, सभामुखमा ओनसरी घर्ती र प्रधान न्यायाधीशमा सुशीला कार्की हुँदा के बदलाव आयो?’ भनेर सोधेका थिए। 

उत्तरमा चटौतले २ जना सामाजिक न्याय सिद्धान्तअनुसार कसैले राखिदिएको र एक जना मात्रै काम गरेर आएकाले सबैलाई एकै बाकसमा हाल्न नमिल्ने बताइन्।

उनले भनिन्, ‘यो प्रश्न नै आपत्तिजनक छ। लामो समयसम्म अँध्यारोमा राख्ने अनि कुनै महिलालाई कुर्सीमा राखिदिएर बदलावको कुरा गर्नु गलत भएको उनको भनाइ छ।’ 

त्यस्तै, लेखक अर्चना थापाले भने विगत र अहिलेमा लैंगिक हिंसामा खासै परिवर्तन नभएको बताइन्। उनले भनिन्, ‘आजभन्दा २० वर्षअघि जस्तो अवस्था थियो, आज पनि त्यस्तै छ।’

सुरुमा लैंगिक हिंसाका कुरा उठ्दा आफू धेरै खुशी भएको भन्दै उनले भनिन् यो सब पानीको फोका बनेको दुखेसो पोखिन्।

छलफल कार्यक्रममा सहभागी यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायकी अभियन्ता भूमिका श्रेष्ठले जहाँ पनि महिलाको कुरा मात्रै उठ्ने तर तेस्रो लिंगी महिलाहरु सधैं ओझेलमा परिरहेको गुनासो गरिन्।

उनले भनिन्, ‘समय परिवर्तन भए पनि व्यवहार परिवर्तन भएको छैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .