ad ad

कला


शिल्पा शेट्टी दम्पतीको ९८ करोडको सम्पत्ति जफत

शिल्पा शेट्टी दम्पतीको ९८ करोडको सम्पत्ति जफत

फाइल तस्बिर : शेट्टी दम्पती


नेपालखबर
बैशाख ६, २०८१ बिहिबार १४:१०, काठमाडौँ

मनी लाउन्डरिङ रोकथाम ऐन (पीएमएलए) अन्तर्गत बलिउड अभिनेत्री शिल्पा शेट्टी दम्पतीको ९७ करोड ७९ लाख भारतीय रुपैयाँ बराबरको सम्पत्ति प्रवर्तन निदेशालय (ईडी) ले जफत गरेको छ।

ईडीले दिएको जानकारीअनुसार जफत गरिएको सम्पत्तिमा राज कुन्द्राका चल अचल सम्पत्तिका साथै उनकी पत्नी अभिनेत्री शिल्पाको नाममा रहेको जुहूस्थित फ्ल्याट पनि छ।

यसका साथै राज कुन्द्राको नाममा रहेको पुणेको फ्ल्याट र इक्विटी सेयर पनि जफतमा परेका छन्। 

राज कुन्द्रा

जुलाई २०२१ मा  मुम्बई प्रहरीले व्यवसायी राज कुन्द्रालाई अश्लील फिल्म बनाउने र एपमार्फत उपलब्ध गराएको आरोपमा पक्राउ गरेको थियो। तर पछि उनी धरौटीमा रिहा भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .