राजनीति


गृह मन्त्रालयले भन्यो– ‘नेपाल–भारत मैत्री संघ कार्यसमिति भंग गर’

गृह मन्त्रालयले भन्यो– ‘नेपाल–भारत मैत्री संघ कार्यसमिति भंग गर’

नेपालखबर
असोज ८, २०७६ बुधबार १२:३५,

सार्वजनिक लेखा समितिको निर्देशनअनुसार गृहमन्त्रालयले नेपाल-भारत मैत्री संघको कार्यसमिति भंग गर्न निर्देशन दिएको छ। आर्थिक अनियमितताको विषयमा छानबिन गर्न र कारबाही प्रक्रिया अघि बढाउन गृहले जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई पत्राचार गरेको हो।

संघीय संसदको सार्वजनिक लेखा समितिले नेपाल–भारत मैत्री संघमा भएको अनियमितताबारे छानबिन गरी कारवाही गर्न गृहमन्त्रालयलाइ निर्देशन दिएको थियो। सोही अनुसार मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको हो।

लेखा समितिले नेपाल-भारत मैत्री संघमा पदाधिकारीहरु अनियमिततामा लिप्त भएको, संस्थामा आर्थिक पारदर्शिता नभएको उल्लेख गर्दै छानबिन गरी कारवाही गर्न गृहलाई निर्देशन दिएको थियो।

वि.सं. २०११ सालमा स्थापना भएको नेपाल-भारत मैत्री संघमा अध्यक्षको जिम्मेवारीमा राजकुमार सिन्धी छन्। उनी वीरगञ्जका व्यापारी हुन्। संघले नेपाल-भारत सम्बन्धका विषयमा कार्यक्रमहरू गर्छ।

तत्कालीन भारतीय राष्ट्रपति राधा रमणको नेपाल भ्रमणका क्रममा नेपालका दिग्गज व्यक्तित्व सम्मिलित नेपाल-भारत मैत्री संघ गठन भएको हो। त्यतिबेला संघमा महाकवि लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, शंकर लामिछानेजस्ता साहित्यकार र सामाजिक अभियन्ताहरु थिए।

सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश विश्वनाथ उपाध्यायले समेत नेतृत्व गरेको संस्था वि.सं. २०७५ सालसम्म आइपुग्दा अनियमिताको चंगुलमा फस्न पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad