ad ad

कला


प्रधानमन्त्रीलाई भेटेपछि दंग स्वेता, भन्छिन्ः उहाँको हौसलाले ममा जाँगर थपियो

प्रधानमन्त्रीलाई भेटेपछि दंग स्वेता, भन्छिन्ः उहाँको हौसलाले ममा जाँगर थपियो

नेपालखबर
असोज १, २०७६ बुधबार १२:२६,

अभिनेत्री स्वेता खड्काले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेकी छन्।

बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत अभिनेत्री खड्काले प्रधानमन्त्री ओलीसँग भेट गरेर निर्माणधीन माझी बस्तीका बारेमा जानकारी गराएको बताएकी छन्।

मंगलबार अभिनेत्री खड्काले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेकी हुन्। भेटमा सिन्धुपाल्चोकमा निर्माणाधीन एकीकृत नमूना माझी बस्तीको बारेमा कुराकानी भएको उनले जानकारी दिएकी छन्।

‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली ज्युसँग भेट्ने शुभ अवसर जुर्‍यो। भेटका अवसरमा सिन्धुपाल्चोकमा निर्माणाधीन एकीकृत नमूना माझी बस्तीको बारेमा कुरा भयो’, भेटको तस्बिर सार्वजनिक गर्दै अभिनेत्री खड्काले फेसबुकमा लेखेकी छन्, ‘भेटका क्रममा उहाँले प्रकट गर्नु भएको सकारात्मक बिचार र दृढ इच्छाशक्ति र देखेर म त दंग भएँ। प्रधानमन्त्री ज्युबाट प्राप्त हौसला र उत्साहरुपी उर्जाका शब्दहरुले म भित्र भिन्नै जाँगर थपिदिएको छ।’

भेटमा प्रधानमन्त्री ओलीले अभिनेत्री खड्काको कामको खुलेरै प्रशंसा गरेका थिए।  आधा घण्टाको सो भेटमा प्रधानमन्त्रीले माझी वस्ती निर्माणमा सरकारले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको उनले बताइन्।

अभिनेत्री खड्काले ५३ घर माझी परिवारका लागि एउटा सुन्दर बस्ती बनाउने यो अभियानमा सबै तह, तप्का र पक्षलाई जोड्ने आफ्नो प्रयास जारी रहेको बताएकी छन्। ‘राजनैतिक द्रेश र अतिवादी सोचलाई पैतालामुनि कुल्चिएर सामाजिक विकासको पाटोमा हामी सबैले साझा पाईला चाल्ने कि?’, उनको प्रश्न छ।

अभिनेत्री खड्काले सिन्धुपाल्चोकमा निर्माण गर्न लागेको एकीकृत नमूना माझी निर्माणमा रकम अपुग भएको भन्दै यसअधि नै सहयोगका लागि सबैमा अनुरोध गर्दै आएकी थिइन्। सोही क्रममा उनले सहयोगको अनुरोध गर्दै प्रधानमन्त्रीसँग भेटवार्ता गरेकी हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .