पहाड पनि झुक्छ कहिलेकाहीँ
सागर पनि सुक्छ कहिलेकाहीँ
नजरको के घमण्ड गर्छौ मित्र
अर्जुनको निसाना नि चुक्छ कहिलेकाहीँ
संस्कार बुझ्न सिक, लोक अनि विज्ञान बुझ्न सिक
रावणकै मन पनि दुख्छ कहिलेकाहीँ
कसलाई पीर हुँदैन, को रुँदैन यहाँ
सूर्य पनि बादलमा लुक्छ कहिलेकाहीँ
भोलि कसले जान्या छ र? समयको खेल मित्र
महाराजको शिर पनि नुग्छ कहिलेकाहीँ।
संकेतहरु हजार हुन्छन्, शंकाहरु हजार हुन्छन्
त्यसैले त कुकुर मालिकलाई नै भुक्छ कहिलेकाहीँ।

प्रतिक्रिया