समाज


पाँचथरमा एकै वर्षमा रोपिए एक लाख ५३ हजार बिरुवा

पाँचथरमा एकै वर्षमा रोपिए एक लाख ५३ हजार बिरुवा

नेपालखबर
भदौ १४, २०७६ शनिबार ५:३४,

पाँचथरमा डिभिजन वन कार्यालयले गत आर्थिक वर्षमा मात्रै एक लाख ५३ हजार ३५० विभिन्न प्रजातिका बिरुवा रोपण गरिएको जनाएको छ।

वृक्षरोपणका औपचारिक कार्यक्रम तथा हरियाली निर्माणका लागि नियमित हुने वृक्षरोपण अभियान फलदायी नभएको आरोप लागिरहेका बेला कार्यालयले काष्ठ, गैरकाष्ठ रुखका तथा जडीबुटीका गरी उक्त सङ्ख्यामा बिरुवा रोपण गरिएको जनाएको हो।

डिभिजन वन कार्यालयका प्रमुख मेघराज राईका अनुसार गत आवमा समूह तथा सहकारीले सामुदायिक तथा कबुलियती वनमा ३५ हजार ८५० जडीबुटीका बिरुवा रोपेका छन्। जसमा लौठसल्ला २१ हजार ३००, सतुवा १३ हजार ५०, फालेविष ४००, वन लसुन ३००, खोकिम र विखमा चार÷चार सय छन् ।

यस्तै जिल्लाका कृषकले निजी जग्गामा ३७ हजार ७०० लौठसल्ला र सतुवाका बिरुवा रोपेका छन्। जसमा लौठसल्लाका बिरुवा छ हजार २०० छन् भने सतुवाका बिरुवा ३१ हजार ५०० छन्।

काष्ठजन्य प्रजातिका ११ हजार २०० वटा बिरुवा एकै सामुदायिक वनमा रोपण गरिएको डिभिजन प्रमुख राईले जानकारी दिए।

फिदिम नगरपालिका वडा नं ३ र ५ तथा फाल्गुनन्द गाउँपालिका–२ मा पर्ने नाम्फुङ्यक सामुदायिक वनको सात हेक्टर जमीनमा चाप, लौठसल्ला, उत्तिस, पैयु र जापानिज सल्लाका विरुवा रोपण गरिएको हो।

यस्तै चार वटा कबुलियती वनहरुमा ६८ हजार अर्गेलीका बिरुवा रोपिएको छ । अर्गेली खेती क्रमशः फष्टाउँदै गएको, आधुनिक रुपमा प्रशोधन गरिएको अर्गेलीको लोक्ताले राम्रो मूल्य पाउन थालेका कारण कार्यालयले कृषकलाई बिरुवा वितरण गर्न थालेको डिभिजन प्रमुख राईले बताए।

डिभिजन वन कार्यालयले जडीबुटी तथा वन पैदावार प्रवद्र्धनमा सघाउ पु¥याउने उद्देश्यले जिल्लाको फालेलुङ गाँउपालिका–६ र फाल्गुनन्द गाउँपालिका–३ मा एक÷एक वटा जडीबुटी भण्डारण केन्द्र निर्माण गरेको छ। यस्तै एउटा वन पैदावारमा आधारित उद्योग सञ्चालन गृह निर्माण गरिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad