प्रविधि


ट्विटरका प्रमुख डोर्सीकै ट्विटर अकाउन्ट ह्याक !

ट्विटरका प्रमुख डोर्सीकै ट्विटर अकाउन्ट ह्याक !

नेपालखबर
भदौ १४, २०७६ शनिबार ६:११,

ट्विटर अमेरिकाको चर्चित सामाजिक संजाल तथा मिनि ब्लगिङ एप हो। यसमा प्रमुख ज्याक डोर्सी हुन्।

इन्टरनेटका विभिन्न एप प्रयोगकर्ताकै अकाउन्टहरु ह्याक भएका खबरहरु हामीले सुन्दै आएका छौं। ट्विटर प्रयोगकर्ताको पनि अकाउन्ट ह्याक भएका खबरहरु सार्वजनिक भएका छन्।

यसबीचमा ट्विटर प्रमुख ज्याक डोर्सीकै ट्विटर अकाउन्ट ह्याक भएको छ। ट्विटरका सहसंस्थापक तथा वर्तमान कार्यकारी प्रमुख डोर्सीको ४२ लाखभन्दा बढी फलोवर भएको अकाउन्ट ह्याक भएको हो।

बीबीसीका अनुसार ‘चक्लिङ स्क्वाड’ नामको समूहले डोर्सीको अकाउन्ट ह्याक गरेको हो। करिब १५ मिनेटसम्म ट्वीटर ह्याक भएको जनाइएको छ।

उक्त अकाउन्टबाट ह्याकरले धेरै नराम्रा, आपत्तिजनक तथा रंगभेदी टिप्पणीहरु गरेको उल्लेख गरिएको छ।

ट्विटरले आफ्नो प्रणालीमा कुनै कमजोरी नभएको प्रतिक्रिया जनाएको छ। यस घटनामा एक मोबाइल फोन सञ्चालक कम्पनी दोषी भएको ट्विटरले बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad