अमेरिकामा रहेका नेपाली मूलका प्राध्यापक कैलाश घिमिरेको ‘पसिनाले अरब सिँच्दा’ बोलको गीत सार्वजनिक भएको छ।
निशान भट्टराईको स्वर रहेको गीतमा वसन्त सापकोटाको संगित रहेको छ।
विदेशमा काम गर्ने छोरालाई आउने गाँउघरको यादका बारेमा गीतमा उल्लेख छ। मरुभूमिमा आफ्नो पसिना परेको तर गाउँमा बारी बाँझै रहेको र बाउ आमाले बुढेसकालमा दुःख पाएको आम नेपालीको समस्यलाई घिमिरले शब्दमा उतार्ने प्रयास गरेका छन्।
यसअघि घिमिरेको २०७७ कात्तिकमा ‘पुतली’ नामक गीत सार्वजनिक भएको थियो।
प्रतिक्रिया