ad ad

कला


फूलमान र शंकरलाई युवा वर्ष मोति पुरस्कार

 फूलमान र शंकरलाई युवा वर्ष मोति पुरस्कार

नेपालखबर
भदौ ४, २०७६ बुधबार १२:२,

विसं २०७६ को ‘युवा वर्ष मोति पुरस्कार’ युवा साहित्यकारद्वय शंकर चापागाईं (धनकुटे कान्छा) र फूलमान बललाई प्रदान गरिने भएको छ।

झापाका चापागाईं र काभ्रेका बललाई संयुक्त रुपमा यो पुरस्कार प्रदान गरिने भएको हो।

राष्ट्रिय विभूति युवाकवि मोतिराम भट्टको स्मृतिमा विसं २०४२ मा राष्ट्रिय युवा कोषद्वारा स्थापित सो पुरस्कारको राशि रु ५० हजारसहित स्वर्णपदक रहेको छ।

पुरस्कार छनौट समितिका अध्यक्ष एवम् वरिष्ठ गीतकार कालीप्रसाद रिजालको अध्यक्षतामा बुधबार बसेको बैठकले उनीहरूलाई सो पुरस्कार अर्पण गर्ने निर्णय गरेको हो।

यही भदौ १३ गते १५४ औंँ मोति जयन्तीका अवसरमा पुरस्कार तथा सम्मान अर्पण गरिने कोषका अध्यक्ष भीमबहादुर अधिकारीले जानकारी दिए।

उक्त कोषले नेपाली भाषा साहित्यको उत्थान, श्रीवृद्धि तथा युग कवि मोतिराको विषयमा अध्ययन अनुसन्धान गर्र्दै आएको छ।

हालसम्म सो पुरस्कारबाट ६७ स्रष्टा सम्मानित भइसकेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .