कला


पब्लिक च्वाईस आईसीटी अवार्ड ‘किताब यात्रा’ लाई

पब्लिक च्वाईस आईसीटी अवार्ड ‘किताब यात्रा’ लाई

नेपालखबर
भदौ २, २०७६ सोमबार १०:५५,

‘अब यात्रा गर्नेछ किताब तपाईंको दैलोसम्म’ भन्ने नारासहित घरघरमा किताब डेलिभरी तथा कर्पोरेट लाइब्रेरी स्थापनाका लागि चलेको स्टार्टअप कम्पनी किताब यात्राले ‘पब्लिक च्वाइस आइसीटी अवार्ड २०१९ ‘ अवार्ड पाएको छ। पठन संस्कृतिलाई विकास र बिस्तार गर्न यसले अनलाइबाट सोझै खरिद गर्ने प्ल्याटफर्म स्वदेश तथा विदेशमा प्रदान गरेको छ।

शुक्रबार काठमाडौँको होटल सोल्टीमा आयोजित एक कार्यक्रमकाबीच किताब यात्रालाई उक्त अवार्ड प्रदान गरिएको हो। अवार्ड लिभिङ विथ आइसीटी पत्रिकाले आयोजना गरेको हो।

किताब यात्राले पाठकले खोजेको किताब घरसम्मै पुर्याउने व्यवस्था गरिरहेको छ। प्रविधिको प्रयोग गरेर किताबका पाठकलाई दिएको योगदानअनुरुप किताब यात्रा पब्लिक च्वाइस विधामा मनोनयनमा परेको थियो। किताब यात्राले सबैभन्दा बढी भोट पाएर यो अवार्ड चुम्न सफल भएको हो।

साथै यस वर्षको आइसिटी अवार्डमा पायोनियर अवार्ड राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन र ‘नेपाली डायसपोरा अवार्ड २०१९’ फ्युज मेसिनका अध्यक्ष डा समीर मास्केले पाएका छन्।

आइसिटी डिजिटल गर्भेन्स अवार्ड यस वर्ष सरकारको संवैधानिक निकाय लोक सेवा आयोग र आन्टरप्रेनर अवार्ड डिजिटल वालेट ‘खल्ती’ले पाएको छ। यस्तै ‘डिजिटल एजुकेसन आईसीटी अवार्ड २०१९’ ओपन युनिभर्सिटी र ‘राइजिङ इन्नोभेसन आइसिटी अवार्ड’ पुल्चोक इन्जिनियरिङ क्याम्पसका रितेश पाण्डे र आयुश भट्टराइले बनाएको ‘रक्तदान एप’ले पाएको छ। ‘आइसिटी स्पार्टअप अवार्ड’ इ–डिजिटल नेपालले पाएको छ।

आइसिटी अवार्डमा सञ्चार तथा सूचना, प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग, नेपाल सूचना प्रविधि केन्द्र, नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमलगायत दुई दर्जन बढी संस्थाहरुले सहयोग तथा सहकार्य गरेका थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad