लियोनल मेस्सी र नेमार जुनियर फुटबल क्लब बार्सिलोनामा सबैभन्दा नजिकका मित्र थिए। नेमारले सन् २०१३ देखि २०१७ सम्म चार सिजन बार्सामा बिताए।
त्यहाँ मेस्सी, नेमार र स्वारेजको ट्रियो निकै जमेको थियो। तर नेमारले अप्रत्याशित रुपमा बार्सा छाडे। पीएसजीको खेलाडी बने।
हालैको दिनमा पीएसजीबाट नेमार बार्सा फर्कने हल्लाहरु चलिरहेका छन्। मेस्सीले समेत नेमार बार्सा फर्काउन क्लबका प्रमुखहरुलाई जोड दिएको बताइन्छ।
नेमार बार्सा आउने हल्लाका बीच बार्साले एथ्लेटिको मड्रिडबाट एन्टोनी ग्रीजम्यान अनुबन्ध गरेको छ। तर मेस्सी ग्रीजम्यानको आगमनले खुशी छैनन्।
स्टार ग्रीजम्यान बार्सा अनुबन्ध भएपछि नेमार बार्सा अनुबन्ध गर्ने ढोका बन्द भएको छ। तर पनि नेमार बार्सा फर्कने हल्ला भने चलिरहेको छ।
बार्सिलोनाका उपप्रमुखले भविष्यमा नेमारका बारेमा सोच्न सकिने तर यस सिजन नेमार बार्सा अनुबन्ध नहुने बताइसकेका छन्।
यद्यपी नेमार बार्सा अनुबन्ध हुने चर्चा चलिरहेको छ। फ्रान्सेली संचारमाध्यम उदृत गर्दै मार्काले भनेको छ,‘मेस्सीलाई खुशी बनाउन मात्र नेमार बार्सा जाने हल्ला चलाइएको हो।’

प्रतिक्रिया