युवा गायक तथा संगीतकार लेखु सहयात्रीले ‘टेलिफोन टावर’बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन्। गीतमा लेखु र गायिका मेलिना राईको स्वर रहेको छ। संवादात्मक शैलीमा रहेको गीत निकै रोमाञ्चक छ। भावसागर इन्टरटेन्मेन्टले ल्याएको गीतका शब्द भने गीतकार अम्बिका गुरुङको हो भने संगीत दीपक शर्माले भरेका छन्।
उदयराज पौडेलको संगीत संयोजन र श्यामश्वेत रसाइलीको ध्वनि सम्पादन रहेको म्युजिक भिडियोमा मोडल अलिशा राई र नायक आकाश श्रेष्ठले अभिनय गरेका छन्। त्यस्तै छायांकनमा अर्जुन तिवारी र सम्पादन सुप्रिम पराजुलीले गरेको भिडियो दर्शकले पनि निकै रुचाएका छन्।
भिडियाे हेर्नुहाेस्ः
पूरा गीतः
(केटाः सबको यही भनाइ छ हाम्रो जोडी जम्छ
मलाई लाग्छ कान्छी हाम्रो पिरतीमा दम छ
केटीः फेरि कसले भन्यो तिमीलाई हाम्रो जोडी जम्छ
कुरा गर्ने मन त थियो फोनमा टावर कम छ
केटाः घरमै जोडिदिउँला टेलिफोन टावर
त्यसपछि त कुरा हुन्छ २४ आवर
केटाः सबै पानी पिए पनि रारा फेवातालको
कस्तो प्यास लाग्यो मलाई नमेटिने खालको
केटीः तिम्रो मनको हाल चाल सबै बुझिलिउला
एकै सर्को पिरतीले प्यास मेटीदिउँला
केटाः घरमै जोडिदिउँला टेलिफोनको टावर
त्यसपछि त कुरा हुँन्छ २४ आवर
केटाः टुँडिखेलभन्दा ठूलो दिलमा घडेरी छ
पिरतीको घर बनाउन तिम्रै जरुरी छ
केटीः म छु ओके बरु तिम्रो के के छ तयारी
फक्रियो फूल लाने भए लेर आउ सवारी
केटाः घरमै जोडिदिउँला टेलिफोनको टावर
त्यसपछि त कुरा हुन्छ २४ आवर)
Shares
प्रतिक्रिया