राजनीति


 आतंकवादको समर्थन त्यागे पाकिस्तानसँग छलफल गर्न तयार छौं: भारत

 आतंकवादको समर्थन त्यागे पाकिस्तानसँग छलफल गर्न तयार छौं: भारत

नेपालखबर
भदौ १, २०७६ आइतबार १०:३८,

भारतका रक्षामन्त्री राजनाथ सिंहले आइतबार भारतले अब पाकिस्तानसँग पाकिस्तान प्रशासित कस्मिर बाहेक अन्य विषयमा छलफल नगर्ने बताएका छन्।

सिंहले आइतबार ट्वीट गर्दै यस्तो बताएका हुन्। रक्षामन्त्री सिंहले भनेका छन्,‘धारा ३७० र ३५ए हटाएपछि हाम्रो छिमेकी राष्ट्र अत्तालिएका छन्। उ विश्वका कैयौं देशको ढोका ढकढकाइ रहेको छ। केही मानिसहरु पाकिस्तानसँग छलफल हुनुपर्ने बताइरहेका छन् तर जबसम्म पाकिस्तान आतंकवादको समर्थन बन्द गर्दैन कुनै छलफल हुँदैन। यदी छलफल भयो भने पनि पाकिस्तान प्रशासित कस्मिरको बारेमा मात्र हुनेछ।’

सिंहले पाकिस्तालने आतंकवादको समर्थन गरेको बताएका छन्। उनले वार्ताको लागि पाकिस्तानले पूर्ण रुपमा आतंकवादको समर्थन त्याग्नु पर्ने बताएका हुन्।

हाल भारतले संविधानको धारा ३७० हटाएर जम्मु कस्मिरको विशेषाधिकार खारेज गरेको छ। जम्मु कस्मिर मुसलमानबहुल क्षेत्र हो।

पाकिस्तानले भारत प्रशासित कस्मिरमा भारत सरकारले त्यहाँका मुसलमान विस्थापित गर्ने प्रयास गरेको आरोप लगाएको छ।पाकिस्तानले भारतको विरोध गरिरहेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .