कला


‘रणहार’लाई मदन पुरस्कार, वैरागी काइँलालाई जगदम्बा-श्री

‘रणहार’लाई मदन पुरस्कार, वैरागी काइँलालाई जगदम्बा-श्री

नेपालखबर
भदौ १, २०७६ आइतबार १०:४९,

यस वर्षको मदन पुरस्कार योगेश राजको उपन्यास  ‘रणहार’लाई प्रदान गरिने भएको छ।

आइतबार बसेको मदन पुरस्कार गाुठीको बैठकले योगेशको रणहारलाई मदन पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो।

त्यस्तै यस वर्षको जगदम्बा-श्री  पुरस्कार वरिष्ठ साहित्यकार वैरागी काइँलालाई प्रदान गर्ने निर्णय भएको गुठीले जनाएको छ।

गुठीले यसअघि पुरस्कारका लागि आठ कृति छनौट गरेको थियो। जसमा सानु शर्माको ‘एकादेशमा’, बिन्दु शर्माको ‘ओक्‍कल दोक्‍कल पिपल पात’, कुमार नगरकोटीको ‘ज्ञ’, छुदेन काविमोको ‘फातसुङ’, महेश थापाको ‘मरीचिका’, योगेश राजको ‘रणहार’ र ध्रुव सापकोटाको ‘विचारको लाश’ रहेका थिए। ६ कृतिलाई पछाडि पार्दै रणहारले मदन पुरस्कार प्राप्त गर्न सफल भएको हो।

उपन्यास ‘रणहार’ अन्तिम मल्ल राजाको भोगाइमार्फत काठमाडौं उपत्यकाको एउटा कालखण्डलाई चित्रण गरिएको पुस्तक हो। पब्लिकेशन्स नेपालयले प्रकाशन गरेको यस पुस्तकमा भक्तपुरका अन्तिम मल्ल राजा रणजीत मल्लमा केन्द्रित रहेकाे छ। 

त्यस्तै साहित्यमा विशिष्ट योगदान पु¥याएका व्यक्तिलाई दिइने जगदम्बा–श्री पुरस्कार प्राप्त साहित्यकार काइँला नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कूलपति समेत हुन्।

पाँचथरमा १९९६ साउन २५ मा जन्मिएका काइँलाले लिम्बू भाषा, साहित्य र इतिहासमा पनि महत्वपूर्ण योगदान दिएका छन्। उनका ‘फूल पात पतकर’, ‘बैरागी काइँलाका कविताहरू’, ‘अन्धा मान्छेहरू र हात्ती’ गरी ३ कविता संग्रह र अन्य दर्जनौँ कृतिहरु प्रकाशित छन्।

काइँलाले साझा पुरस्कार (२०३१), सिद्धिचरण काव्य पुरस्कार (२०५३) प्राप्त गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .