कला


पूर्वाञ्चल लिटिल स्टार-३ को आवेदन खुल्यो, विजेतालाई ५१ हजार पुरस्कार

पूर्वाञ्चल लिटिल स्टार-३ को आवेदन खुल्यो, विजेतालाई ५१ हजार पुरस्कार

नेपालखबर
चैत २५, २०७७ बुधबार ९:३५,

ब्यूटी प्याजेन्ट युवायुवतीको मात्रै हैन, अहिले बालबालिका केन्द्रित पनि हुन थालेको छ। आफूभित्र लुकेको प्रतिभा प्रष्फुटन गर्ने राम्रो प्लेटफर्मसँगै केही सिक्ने अवसर पाउने भएकाले ब्यूटी प्याजेन्टमा आकर्षण बढ्दो छ। प्रदेश १ कै कुरा गर्ने हो भने दर्जन हाराहारिमा बालबालिका केन्द्रित ब्युटी प्याजेन्ट भैसकेका छन्।

यस्तै, मध्यको ब्युटी प्याजेन्ट हो ‘पूर्वाञ्चल लिटिल स्टार’। बिगतमा २ ओटा सिजन सफल सम्पन्न गरेको यो प्याजेन्टको यतिबेला तेस्रो संस्करण घोषणा भएको छ।

राठी केबलले मुख्य प्रायोजन गरेको पूर्वाञ्चल लिटिल स्टारका बिजेताले ५१ हजार नगद पुरस्कारसहित २ लाख बराबरको म्युजिक भिडिओमा फिचर्ड गर्ने मौका पाउनेछन्।

यस्तै सम्पूर्ण सहभागीहरुले बालागायक प्रीतम आचार्यको स्वरमा रहेको हिन्दी गीतको म्युजिक भिडिओमा अवसर पाउनेछन् भने सो भिडिओलाई ईन्डियाको चर्चित युट्युब च्यानल टि–सिरिजबाट सार्वजनिक गरिनेछ। अन्य सहभागीलाई पनि यो म्युजिक भिडिओमा अवसर दिइनेछ।

योसँगै अन्य थुप्रै अवसरहरु प्राप्त गर्नेछन्। बलिउडका लोकप्रिय अन्नु कपुर लगायत कलिउडका लोकप्रिय कलाकारहरू लिएर ३ भाषामा बन्न लागेको फिल्म ‘प्रधान द लिडर’मा अभिनयको मौका पाउनेछन्। जसमा बिजेतासहित प्याजेन्टमा सहभागी सम्पूर्णले मौका पाउनेछन्।

कोरोना महामारीका कारण तेश्रो सिजन १ वर्ष पछाडि धकेलियो अब भने आयोजक कम्पनी साईमन फिल्म एन्ड ईन्टेरटेन्मेन्ट, मुम्बईले यसको तयारी तीब्र गतिमा सुरु गरिसकेको छ। बिगतका वर्षहरुमा भन्दा थुप्रै अवसरहरु र फराकिलो दायरामा प्याजेन्ट आयोजना गर्न लागिएको आयोजक कम्पनिका म्यानेजिङ डिरेक्टर साईमन राजबंशीले बताए।

सिमित एक ठाउमा केन्द्रित हुने र सोही ठाउमा फाइनल गरिने योजनालाई यसपटक उनले परिवर्तन गरेका छन्। पूर्वाञ्चल लिटिल स्टार तेश्रो सिजनको ५ ठाउँमा सेमिफाइनल भएर १ ठाउँमा फाइनल कार्यक्रम हुने छ।

जसको लागि बिराटनगर, ईटहरी, धरान, दमक र बिर्तामोड सहरलाई छानेका छन्। यी ५ ठाउँमै अडिसन भएर सोही ठाउँमा १५ दिने विशेष तालिम हुँदै ट्यालेन्ट राउन्ड कार्यक्रम र सेमिफाइनल कार्यक्रम हुनेछ।

सेमिफाइनल कार्यक्रममा सहभागी प्रतिष्पर्धीहरुलाई विभिन्न सबटाईटल प्रदान गरिनेछ भने फाइनलका लागि सर्वाधिक अंक ल्याउने उत्कृष्ट ५ फाइनलमा प्रवेश गर्नेछन्। ५ ठाउँमै यसैक्रमले कार्यक्रम आयोजना गरिने आयोजकले जनाएको छ। सेमिफाइनल ५ ठाउँबाट फाइनलमा आएका २५ जनालाई फेरि विशेष प्रशिक्षण दिइनेछ र फाइनल भिडन्त बिर्तामोडमा ‘पूर्वाञ्चल लिटिल स्टार–३’ छानिने छ।

यसका लागि बिराटनगर र ईटहरीमा वैशाख ११ गते, धरानमा वैशाख १८ गते, दमक र बिर्तामोडमा वैशाख २५ गते अडिसन मिति तय भएको छ। बिराटनगरमा हनुमानदास रोडमा अवस्थित डेजल म्युजिक एन्ड फिटनेसमा अडिसन हुँदै छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad