ad ad

कला


मह जोडी बने यसवर्षको ‘महामुर्ख’

मह जोडी बने यसवर्षको ‘महामुर्ख’

शैलेन्द्र महतो
चैत १५, २०७७ आइतबार १३:२८,

यसवर्षको महामुर्ख उपाधि वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य ‘मह जोडी’ ले पाएका छन्।

मिथिला नाट्यकला परिषदले होली पर्वको अवसरमा आइतबार आयोजन गरेको महामुर्ख सम्मेलनमा यसवर्ष महामुर्खको उपाधि बरिष्ट कलाकार मजोडी मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई प्रदान गरको हो ।

जानकी मन्दिरमा आयोजन गरिएको हाँस्यव्यंग्य सांस्कृतिक कार्यक्रममा महजोडीलाई प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल र मिनापका अध्यक्ष प्रमेश झाले संयुक्त रुपमा महामुर्खको मानपदवी हस्तान्तरण गरेका हुन्।

यस्तै मन्त्री सोनलालाई मुर्ख शिरोमणिको उपाधि प्रदान गरिएको छ। त्यसैगरी राजपा नेता राजिव झालाई वंशकुरहरि, वातावरण संरक्षण अभियानी सरेश शर्मालाई हराशंख, पत्रकार तथा साहित्यकार अशोक दत्तलाई बोतलानन्द, जसपा नेतृ बिन्दु ठाकुरलाई खबसुरती, पत्रकार सीतल साहलाई ढोरबा, जसपा नेता शेषनारायण यादवलाई चौपट्टानन्द, मोडेल कलेजका संचालक विरेन्द साहलाई लोढाशंकर, मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीलाई पटमुर्खको उपाधि दिइएको छ।

mahamurkha-maha-jodi.jpg

यस्तै संचार उद्यमी शंकर साहलाई मुसरीलाल, खेलकुदका प्रशिक्षक विरेन्द्र कर्णलाई बज्रकीट, नेपाल शिक्षक संघका प्रदेश २ संयोजक मेघनाथ यादवलाई चौपट्टा नन्द, एससी रुपनलाई तरघुस्का, जनकपुरधाम उपमहानगरपालिका ४ का वडाध्यक्ष सुदर्शन सिंहलाई बैशखानन्दको उपाधि प्रदान गरिएको छ।

मिथिला नाट्यकला परिषदले २५ वर्षदेखि होली पर्वको अवसरमा दुई दीवसीय होरी गायन प्रतियोगिता र महामूर्ख सम्मेलन गर्दै आएको छ। सम्मेलनमा समाजमा योगदान दिएका बुद्धिजिवी, विद्वत, चर्चित तथा पदवाला मध्येका उत्कृष्ट व्यक्तित्वहरुलाई छनोट गरी व्यंग्यात्मक स्वरुप मुर्ख तथा महामुर्खको उपाधि दिईंदै आएको छ।

कला तथा धर्म संस्कृतिको संरक्षण सम्वर्द्धनको लागि गर्ने गरिएको होरी गायन तथा महामुर्ख सम्मेलनमा सहभागिहरु सांस्कृतिक हाँस्यवंग्य जोगिरा, कविता, गीतनादमा रमाउने गर्दछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .