कला


चीनका कारण ‘अवतार’ फेरि बन्यो विश्वकै सबैभन्दा बढी कमाउने चलचित्र

चीनका कारण ‘अवतार’ फेरि बन्यो विश्वकै सबैभन्दा बढी कमाउने चलचित्र

नेपालखबर
चैत २, २०७७ सोमबार ९:२५,

यसअघि सन् २०१९ मा रिलिज भएको चलचित्र ‘एभेन्जर्सः इन्डगेम’ अवतारलाई नै पछिपार्दै विश्वकै सबैभन्दा बढी आम्दानी गर्ने चलचित्र बनेको थियो।

चीनमा अवतार पुनः रिलिज गरिएपछि यसले एकहप्तामै लाखौं डलर आम्दानी गरेको छ।

यससँगै अवतारको हालसम्मको कमाई २ दशमलब ८ अर्ब अमेरिकी डलर पुगेको बीबीसीले जनाएको छ।

चीनमा पुनः हलहरुमा चल्न दिइएपछि निर्देशक जेम्स क्यामरुनले बनाएको चलचित्र अवतार ‘एभेन्जर्सः इन्डगेम’भन्दा ४० लाख अमेरिकी डलर बढी आम्दानी गर्न सफल भएको वाल्ट डिस्नीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad