कला


दुई सन्तानकी आमाले जितिन् मिस जर्मनीको ताज, फेरिँदै सुन्दरी प्रतियोगिताको अवधारणा

दुई सन्तानकी आमाले जितिन् मिस जर्मनीको ताज, फेरिँदै सुन्दरी प्रतियोगिताको अवधारणा

नेपालखबर
फागुन १८, २०७७ मंगलबार ७:२१,

शनिबार आयोजित फिनालेमा दुई सन्तानकी आमा अन्याले मिस जर्मनीको ताज जितेपछि उनको चर्चा विश्वभर चुलिएको छ।

साथै मिस जर्मनीको आयोजना गर्नेहरुको पनि यतिबेला प्रशंसा भइरहेको छ।

आयोजकले यसपटकको प्रतियोगितामा महिलाको शारीरिक सुन्दरतालाई भन्दा व्यक्तित्व र विचारमा ध्यान केन्द्रित गरेका थिए।

यस प्रतियोगितामा स्विम सुट वाक गराइएको थिएन।

यस्ता सुन्दरी प्रतियोगिताहरुमा महिलाको शारीरिक सुन्दरतालाई मात्र प्राथमिकता दिइएको भन्दै विश्वभर आलोचना हुने गरेको छ।

Miss Germany 2021: Anja Kallenbach triumphiert im Finale | GALA.de

अमेरिकामा पनि महिलाले स्विमसुट लगाउनुपर्ने नियम हटाएको छ।

मिस जर्मनीमा महिलाको व्यक्तित्व र उनीहरुको विचारलाई प्राथमिकता दिन मिस जर्मनीका आयोकले १८ देखि ३९ वर्षसम्मकाले प्रतियोगितामा भाग लिन पाउने नियम बनाएका थिए।

जसका कारण दुई सन्तानकी आमा ३३ वर्षकी आन्या पनि यस प्रतियोगितामा आवद्ध भएकी थिइन्।

अन्ततः उनले शारीरिक सुन्दरताभन्दा व्यक्तित्व र विचारका कारण मिस जर्मनीको ताज जित्न सफल भइन्। रोयटर्स

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad