कला


विवाहको ५ दिनपछि काममा फर्किइन् दिया मिर्जा

विवाहको ५ दिनपछि काममा फर्किइन् दिया मिर्जा

नेपालखबर
फागुन ८, २०७७ शनिबार ७:१२,

बलिउड अभिनेत्री दिया मिर्जा विवाहको ५ दिनपछि काममा फर्किएकी छन्।

१५ फेब्रुअरीमा व्यवसायी वैभव रेखीसँग विवाह गरेकी दिया शुक्रबारदेखि नै काममा फर्किएकी हुन्।

शुक्रबार सामन्य भेषमा एयरपोर्टमा देखिएकी उनले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत काममा फर्किएको जानकारी दिएकी हुन्।

दीया म‍िर्जा

‘एउटा नयाँ कथा तयार छ, चलो दिल्ली’, इन्स्टाग्राममा फोटो सेयर गर्दै उनले लेखेकी छन्। उनले यसको तल आफू काम गर्ने सुरमा रहेको पनि उल्लेख गरेकी छन्।

उनको यस पोस्टबाट के स्पष्ट हुन्छ भने उनको आउँदो प्रोजेक्टको अहिले तयारी चलिरहेको छ। उनी त्यही तयारकिा लागि दिल्ली पुगेकी हुन्।

दीया म‍िर्जा-वैभव रेखी

दियाले १५ फेब्रुअरीमा वैभवसँग सीमित साथी र परिवारको उपस्थितिमा विवाह गरेकी हुन्। उनीहरुको विवाह एक महिला पण्डितले गराएकी थिइन्। जसको सामाजिक सञ्जालमा निकै चर्चा भएको थियो।

दीया म‍िर्जा 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .