कला


महिला पण्डितले गराइदिइन् दिया मिर्जाको विवाह, हेरौँ तस्बिरहरु

महिला पण्डितले गराइदिइन् दिया मिर्जाको विवाह, हेरौँ तस्बिरहरु

नेपालखबर
फागुन ५, २०७७ बुधबार १२:१६,

बलिउड अभिनत्री दिया मिर्जाले व्यापारी वैभव रेखीसँग विवाह गरेकी छन्।

विवाहलगत्तै सामाजिक सञ्जालमा उनको विवाहका तस्बिरहरु भाइरल हुन थालेका छन्।

बुधबार विवाह गरेका दिया र वैभवसँग उनीहरुको विवाहमा सहभागी थप एक तस्बिरले यतिबेला सबैको ध्यान तानिरहेको छ। उक्त तस्बिर हो उनीहरुको विवाह गराउने पण्डितको। उनीहरुको विवाह एक महिला पण्डितले गराएकी थिइन्।

दिया मिर्जा और वैभव रेखी

विवाहको तस्बिर सामाजिक सञ्जाल इन्स्टाग्राममा पोस्ट गर्दै दियाले लेखेकी छन्, ‘प्रेमको एक पूर्ण चक्रलाई हामी घर भन्छौं। यसको पुकार सुन्न, यसको ढोका खोल्न र फेरि यससँग भेटघाट गर्नु निकै रहस्यमय छ।’

उनले तस्बिर सेयर गर्दै आफू सम्पूर्ण भएको पल सार्वजनिक गरेको बताउँदै लेखेकी छन्, ‘मेरो परिवार बढेको छ।’

दिया मिर्जा और वैभव रेखी

उनको तस्बिरमाथि प्रतिक्रिया दिँदै केहीले आफूले पहिलोपटक महिला पण्डितले विवाह गराएको देखेको बताएका छन्।

दिया मिर्जा और वैभव रेखी

दिया मिर्जा और वैभव रेखी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad