ad ad

कला


द भ्वाइस अफ नेपाल सिजन–२ साउन ३१ गतेबाट हिमालय टीभीमा

द भ्वाइस अफ नेपाल सिजन–२ साउन ३१ गतेबाट हिमालय टीभीमा

नेपालखबर
साउन १७, २०७६ शुक्रबार १५:५१,

गायन प्रतिभाको खोजी गर्ने रियालिटी सो ‘द भ्वाइस अफ नेपाल सिजन–२’ को प्रसारण साउन ३१ गतेबाट हिमालय टीभी एचडीबाट हुने भएको छ।

टेलिभिजनले प्रसारण मिति र समय घोषणा गर्दै ३१ देखि हरेक शुक्रबार र शनिवार राती ८ बजेदेखि ९ बजेसम्म कार्यक्रम प्रसारण हुने जानकारी दिएको छ। नेपालमा ८ बजेको सुपर प्राइम टाइममा प्रसारण यो पहिलो रियालिटी सो हुनेछ।

झण्डै २२ हजार आबेदकमध्ये छानिएका करिब १ सय नयाँ प्रतिभाहरुले ब्लाइन्ड अडिसनमा कोचहरुसामु आफ्नो आवाज सुनाएका छन्। सुरिलो आवाजमार्फत् कोचको कुर्सी घुमाउने प्रतिभाको भाग्य पनि घुम्नेछ। उनीहरुको सांगीतिक यात्रा सुरु हुनेछ।

‘निकै क्षमतावान प्रतिभाहरु ब्लाइन्ड अडिसनमा आइपुग्नुभएको छ’, कार्यक्रमका निर्देशक लक्ष्मण पौड्यालले भने, ‘सबै एक से एक हुनुहुन्छ, प्रतिस्पर्धा निकै कडा छ।’

पौडेलकाअनुसार अघिल्लो वर्षका तुलनामा निकै ठूलो संख्यामा आकांक्षीहरु डिजिटल अडिसनमा सहभागी भएको हुँदा राम्रा प्रतिभाहरुको छनौटमा सहजता भएको छ।

यस पटकको सिजनमा दुई जना कोच परिर्वतन भएका छन्। राजु लामा र आस्था राउतले अन्य दुई कोच दीप श्रेष्ठ र प्रमोद खरेललाई साथ दिएका छन्।

कार्यक्रमको टाइटल स्पोन्सर युनाइटेड सिमेन्ट्स रहेको छ भने पावर्ड बाई एनआइसी एशिया बैंक र आइएनजी ग्रुप, को स्पोन्सरमा लोटस हर्वल र हिरो मोटरसाइकल तथा एसोसिएट स्पोन्सरमा केएनपी जापान पेन्टस, हिमालय हर्वल र पेमेन्ट पार्टनरमा प्रभु पे रहेका छन्।

अनलाइन पार्टरमा अनलाइनखबर डटकम र क्यालेन्डर पार्टनरमा हाम्रो पात्रो रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .