ad ad

कला


राज्यमन्त्री मानन्धर लामो समय गीत गाएर विश्व रेकर्ड कायम गर्दै

राज्यमन्त्री मानन्धर लामो समय गीत गाएर विश्व रेकर्ड कायम गर्दै

नेपालखबर
पुस १०, २०७७ शुक्रबार ११:३७,

शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले लगातार चार घण्टा गीत गाएर विश्व रेकर्ड कायम गर्दैछन्।

राज्यमन्त्री मानन्धरले विभिन्न ६२ वटा गीत लगातार गाएर वर्ल्ड बुकमा रेकर्ड राख्ने कार्यक्रमको सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पार्वत गुरुङले शुभारम्भ गरेका थिए।

कार्यक्रममा मन्त्री गुरुङले नेपालको एकजना राज्यमन्त्रीले लगातार चार घण्टा गीत गाउन आँट गरेर विश्वमा ख्याती कामउने कार्यको सराहना गरे।

कला र संस्कृतिमा संसारभर चर्चित नेपाललाई राज्यमन्त्री रामवीर मानन्धरले वल्र्ड बुकमा नाम लेखाएर थप चर्चामा ल्याउन गरेको कार्यप्रति खुसी व्यक्त गर्दै मन्त्री गुरुङले शुभकामना व्यक्त गरे।

शुक्रबार दिनको १ बजेर ३६ मिनेट जाँदा राज्यमन्त्री मानन्धरले गीत गाउन सुरु गरेका थिए। मन्त्रीस्तरका व्यक्तिले लामो समयसम्म गीत गाउने रेकर्ड सन्सारमै पहिलो हुनसक्ने भएकाले वल्र्ड बुक रेकर्डस कायम गर्न बेलायतबाट पाँच जना निर्णायकहरु आएको राज्यमन्त्री मानन्धरका स्वकीय सचिव जयप्रकाश श्रेष्ठले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .