नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेकी छन्।
नेपाल बिहीबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहको अध्यक्ष चुनिएका थिए। अध्यक्ष बनेको दोस्रो दिन शुक्रबार नेपाललाई भेट्न राजदूत यान्छी उनकै निवास कोटेश्वर पुगेकी हुन।
अध्यक्ष नेपाल र राजदूत यान्छीबीच शिष्टाचार भेटवार्ता भएको नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए। भेटका अवसरमा उनीहरूबीच दुई मुलुकका आपसी हितका विषयमा छलफल भएको नेता रिजाले बताए।
यसअघि राजदूत यन्छीले बिहीबार खुमलटार पुगेर नेपकाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेकी थिइन्। त्त्यसअघि उनले प्रतिनिधि सभा विघटनलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटवार्ता गरेकी थिइन्।
प्रतिक्रिया