कला


मनोज गजुरेलसँग विवाह गर्न लागेको हल्ला चलाउनेलाई वर्षा सिवाकोटीले दिइन् यस्तो जवाफ

मनोज गजुरेलसँग विवाह गर्न लागेको हल्ला चलाउनेलाई वर्षा सिवाकोटीले दिइन् यस्तो जवाफ

नेपालखबर
मंसिर ३०, २०७७ मंगलबार ६:२५,

अभिनेत्री वर्षा सिवाकोटीले मनोज गजुरेलसँग विवाह गर्न लागेको भन्ने समाचार झुटो भएको बताएकी छन्।

केही अनलाइन मिडियाहरुमा ‘वर्षा सिवाकोटी र मनोज गजुरेलको बिहे हुँदै’ भन्ने समाचार प्रकाशित भएपछि उनले त्यसको खण्डन गर्दै उक्त समाचार भिजिटर बढाउनका लागि यथार्थभन्दा बाहिर गएर लेखिएको बताएकी हुन्। उनले यसखालको गलत समाचारले सही पत्रकारीता गर्नमाथि पनि प्रश्न उठेको बताएकी छन्।

‘पत्रकारितामा गलत ‘न्यारेटिभ सेट’ गर्ने हिसाबले फैलाइएका यस्ता हल्लाहरुले सही अर्थमा पत्रकारिता गर्नेमाथि पनि प्रश्न उठेको छ’, उनले भनेकी छन्।

उनले मनोज गजुरेलप्रति आफ्नो सधैँ सम्मान रहेको बताउँदै बाटो अलग–अलग रहेको बताएकी छन्। उनले आफूहरुलाई जोडेर कुप्रचार गर्दा कसैको पनि फाइदा नहुने स्पष्ट पारेकी छन्।

उनले कलाकार भन्दैमा जे पनि लेख्न र भन्न पाइन्छ भन्ने ‘मानसिक विक्षिप्तता’ बेलैमा हटाए राम्रो हुने सुझा समेत दिएकी छन्।

‘‘वर्षा सिवाकोटी र मनोज गजुरेलको बिहे हुँदै’ भनेर विभिन्न अनलाइनमा आएको समाचारहरु देख्दा दया लागेर आयो। भिजिटर बढाउने नाममा यथार्थ भन्दा निकै बाहिर पुगेर गरिएको प्रचारले नेपालको पत्रकारिता क्षेत्र नै बदनाम बनाएको छ। पत्रकारितामा गलत न्यारेटिभ सेट गर्ने हिसाबले फैलाइएका यस्ता हल्लाहरुले सही अर्थमा पत्रकारिता गर्नेमाथि पनि प्रश्न उठेको छ’, अभिनेत्री सिवाकोटीले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्, ‘आदरणीय सर, मनोज गजुरेलको र मेरो बाटो अलग अलग छ। मेरो उहाँप्रति सम्मान सधैँ उचो नै रहेको छ। हामीलाई जोडेर कुप्रचार गर्दा कसको पो फाइदा होला ररु कलाकार भन्दैमा जे पनि लेख्न र भन्न पाइन्छ भन्ने ‘मानसिक विक्षिप्तता’ बेलैमा हटाएको राम्रो।’

“वर्षा सिवाकोटी र मनोज गजुरेलको बिहे हुँदै” भनेर विभिन्न अनलाइनमा आएको समाचारहरु देख्दा दया लागेर आयो । भिजिटर बढाउने...

Posted by Barsha Siwakoti on Sunday, December 13, 2020

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad