खेल


नेपाल टी–ट्वान्टी क्रिकेट विश्वकपको ग्लोबल क्वालिफायरका लागि सोझै छनौट

नेपाल टी–ट्वान्टी क्रिकेट विश्वकपको ग्लोबल क्वालिफायरका लागि सोझै छनौट

नेपालखबर
मंसिर ३०, २०७७ मंगलबार ६:१०,

आइसीसीको छनौट प्रक्रियाअनुसार नेपाल सिधै ग्लोबल क्वालिफायरका लागि छनौट भएको हो।

नेपालसहित यूएई, सिंगापुर र जिम्बावे पनि आइसीसीको यस छनौटमा पर्न सफल भएका छन्।

टी–ट्वान्टी विश्व बरियता राम्रो भएका कारण नेपालसहित यी देशहरु छनौटमा परेका हुन्। टि–२० क्रिकेटको विश्व बरियतामा नेपाल अहिले १५ औं स्थानमा छ।

सन् २०२२ मा हुने टी–ट्वान्टी क्रिकेट विश्वकपको ग्लोबल छनोट आगामी फेब्रुअरी र मे महिनामा हुनेछ।

ग्लोबल छनौटमा १६ टोलीलाई दुई समूहमा विभाजन गरेर प्रतिस्पर्धा गराइनेछ। यस प्रतिस्पर्धामा शीर्ष चार टोलीले सन् २०२२ को अक्टोबरमा हुने विश्वकप खेल्ने मौका पाउनेछन्।

आइसीसीका अनुसार क्षेत्रीय छनौटबाट ८ टोली र सन् २०२१ को टि२० विश्वकप खेलेका विश्व वरियताको पुछारमा रहेका ४ टोलीले ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्नेछन्।

नेपालले यसअघि सन् २०१४ मा बगंलादेशमा भएको टी–ट्वान्टी विश्वकप खेलेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad