ad ad

कला


पूर्वपत्नी विरुद्ध कानुनी लडाईंमा जाने मनोज गजुरेलको चेतावनी

पूर्वपत्नी विरुद्ध कानुनी लडाईंमा जाने मनोज गजुरेलको चेतावनी

नेपालखबर
मंसिर २९, २०७७ सोमबार १५:५८,

चर्चित हाँस्य व्यंग्य कलाकार मनोज गजुरेलले पूर्वपत्नी मिना ढकालविरुद्ध कानुनी लडाईंमा जाने चेतावनी दिएका छन्।

झण्डै तीन वर्षअघि सम्बन्ध विच्छेद गरेका गजुरेलविरुद्ध विभिन्न माध्यमबाट अर्को पक्ष (मिना ढकाल) बाट गाली बेइज्जती भइरहेको र त्यसको असर आफ्नो परिवारसम्म परेको भन्दै गजुरेलले अब सहन नसक्ने बताएका हुन्।

सोमबार साँझ फेसबुकमा स्ट्याटस लेख्दै गजुरेलले ‘सहनुको सीमा कटेपछी कानुनी उपचारको बाटो अपनाउनुको विकल्प नरहेको टुंगोमा पुगेको’ बताएका छन्।

पारपाचुकेपछि दुई सन्तानको जिम्मा लिएर बसेको अभिवाभकको नाताले चुपचाप धेरै सहेपनि अब नसहने उनले उल्लेख गरेका छन्।

त्यस सँगै उनले कतिपय सञ्चारमाध्यमले आफूलाई तनाव दिने गरी समाचार सम्प्रेशण गरेको भन्दै ‘पत्रकारिताको नियम याद गर्न, अन्यथा भोलि कानुनी झण्झट ब्यहोर्नुपर्ने अवस्था आउनसक्नेतर्फ’ सचेत गराएका छन्।

 तीन वर्षअघि कानुनी रुपमा सम्बन्ध विच्छेद गरेका गजुरेलले दोस्रो विवाह गर्नेबारे दिएको अभिव्यक्तिप्रति पूर्वपत्नी मिनाले कटाक्ष गरेकी थिइन्। उनको भनाई अहिले विभिन्न सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। 

manoj22.JPG

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .