ad ad

कला


जातिवाद विरुद्ध विद्रोहका लागि जन्मिएकाे थियो ‘बच्चन’ थरः अभिताभ

जातिवाद विरुद्ध विद्रोहका लागि जन्मिएकाे थियो ‘बच्चन’ थरः अभिताभ

नेपालखबर
साउन १४, २०७६ मंगलबार १३:१५,

बलिउडका सुपरस्टार अभिनेता अभिताभ बच्चन यतिबेला चलचित्र गुलाबो–सिताबोको सुटिङमा व्यस्त छन्।

अमिताभ सामाजिक संजालमा निकै सक्रिय कलाकार पनि हुन्। अभिताभले हालै एक ‘ब्लग’ लेखेका छन्।

जहाँ उनले आफ्नो थरको विषयमा केही रोचक कुराहरु खोलेका छन्। अमिताभ ब्लगमा लेख्छन्,‘बच्चन शब्द कुनै गोत्र, जाति होइन्। यसले कुनै धर्मलाई दर्शाउँदैन्।’

अमिताभका पिता हरिवशं राय बच्चन भारतका एक चर्चित कवि थिए। कविहरु प्राय आफ्नो नाम या थरलाई काल्पनीक या साहित्यिक नाम दिन्छन्। अभिताभमा अनुसार बच्चन कुनै साहित्यिक नाम थिएन।

‘बुबाको जन्म कायस्थ परिवारमा भएको थियो। हाम्रो थर खासमा ‘श्रीवास्तव’ थियो। तर बुबा जातिवादको विरुद्धमा हुनुहुन्थ्यो। उहाँले जातिवाद विरुद्ध विद्रोहका लागि आफ्नो श्रीवास्तव थरलाई बच्चन नाम दिनु भएको हो। उहाँले आफ्ना सम्पूर्ण कृति सारा जीवन यसै नामसँग जोडि दिनुभयो।’

Image result for amitabh dad

बुबा र अामासँग अमिताभ

कायस्थ परिवार श्रीवास्तव थर भएका मानिस त्यस समयमा निकै ठूलो मासिसका रुपमा गनिन्थे। तर पिताले आफ्नो थरलाई जातिवाद विरुद्ध विद्रोह स्वरुप बच्चनमा परिणत गरिदिए। अभिताभ भन्छन्,‘पिता सबै जात र थर समान सम्झनु हुन्थ्यो।’

अभिताभको जन्म भएपछि स्कूलमा भर्ना गर्ने समयमा पिता हरिवशंले अभिताभको थर समेत बच्चन राखे। यसरी जातिवाद विरुद्ध आफ्नो श्रीवास्तव थर बच्चनमा परिणत भएको अभिताभ बताउँछन्।

अमिताभले समेत आफूलाई जात या थरमा विश्वास नभएर कर्ममा विश्वास भएको बताएका छन्। लाइभ हिन्दुस्तान

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .