कला


निश्चल र निकिशा अभिनित ‘सिमसिमे पानी पर्‍यो’ (भिडियो)

निश्चल र निकिशा अभिनित ‘सिमसिमे पानी पर्‍यो’ (भिडियो)

नेपालखबर
कात्तिक १४, २०७७ शुक्रबार १०:२१,

गीतकार जनक रावलको लोक प्याट्रनको डान्सिङ गीत ‘सिमसिमे पानी पर्‍यो...’ सार्वजनिक भएको छ। किरण माइकल घिमिरेको संगीतमा रहेको लोक प्याट्रनको गीतको भिडियो सार्वजनिक भएको हो। सञ्चारकर्मीसमेत रहेका रावलको सार्वजनिक गीतमा रुपक डोटेल र शसिका राईको स्वर रहेको छ।

यादव पुडासैनीको निर्देशन रहेको गीतको भिडियोले बालापनको कथा बोकेको छ। भिडियोमा बालपनका कुरालाई नबिर्सिएर ताजैं स्मरण गरेको भावहरु छर्लङ्ग दर्शाइएको हेर्न पाईन्छ। गीतको भिडियो बुढासुब्बा डिजिटलबाट सार्वजनिक गरिएको हो। सार्वजनिक गीत गीतकार रावलको ‘निश्चल प्योरनेश अफ हर्ट द म्युजिक’ एल्बम समावेश छ।

गीतकार रावलले ‘भुल्यौं कि मायाले...’ बोलको गीत सार्वजनिक गरेको केही दिनमा सोही एल्बमको अर्को गीत ‘सिमसिमे पानी पर्‍यो...’ सार्वजनिक गरेका हुन्।

गीतको भिडियोमा बालापनको अभिनयमा निश्चल रावल र निकिशा बिमलीलाई प्रस्तुत गरिएको छ भने तिनै बाल बालिकाको युवाअवस्थाको प्रस्तुतिमा रमेशचन्द सोडारी र रोली तामाङ लाई फिचरिङ गरिएको छ।

नारायण रिजालको कोरियोग्राफी रहेको गीतको भिडियोमा कन्सेप्ट र क्रियशन गीतकार स्वयंको रहेको छ। सुरज लामिछानेको मुख्य सहायक निर्देशन रहेको भिडियोमा सुरेश बज्राचार्यको छायाँकन र मित्रदेव गुरुङको सम्पादन छ। गीत जति राम्रा छ गीतको भिडियो त्यतिकै उत्कृष्ट बनेको छ।

सञ्चारकर्मी जनक रावलका पाँच दर्जन भन्दा बढी गीत स्रोता/दर्शकमाझ आइसकेका छन्। धेरै गीत मार्फत उनी स्रोता÷दर्शकको मन मष्तिस्कमा बस्न सफल भएका छन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad