कला


चलचित्र बैनाबट्टाको पहिलो गीत ‘तिमिसँग’ सार्वजनिक (भिडियो)


नेपालखबर
साउन ८ ,

नेपाली कथानक चलचित्र बैनाबट्टाको पहिलो गीत ‘तिमिसँग’ सार्वजनिक भएको छ।

राज चाम्लिङको कथा निर्देशन रहेको सुम्हात्लुङ फिल्मस् प्रालिको पहिलो प्रस्तुति बैनाबट्टाको पहिलो गीत तिमिसँग ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको हो। उक्त गीतमा दिपा लामा तथा सन्तोष राइको स्वर रहेको छ भने देवेन्द्र नेम्बाङ्ग र कबिता राईलाई फिचर्ड गरिएको छ।

नेपालको सुदुर पूर्वी जिल्लाहरुमा बसोबास गर्ने लिम्बु लगाएत आदिवासी समुदायमा रहेको एक प्रथा हो बैनाबट्टा। यसैको सेरोफेरो चलचित्रको बिषयबस्तु रहेको छ।

मुख्य निर्माता प्रेम लावती रहेका यस चलचित्रमा भवानी घिमिरे, बिक्रम नवेम्वाङ, राम लावती, एबिराज आङदेम्बे समिल राई, सुनिता लिम्बु र यसराज योङयाङह चलचित्रका सहनिर्माता रहेका छन्। यस चलचित्रको नृत्य निर्देशन कमल राई छायाँकन सम्पादन देबजँग थापाले गरेका छन् भने देबेन्द्र नेम्बाङ, कबिता राई, बाबु मुक्तान, रस्मिला तामाङ, अर्जुन श्रेष्ठ, नरेश बनेम, रिया सुब्बा, रोमन सिंह लिम्बु, प्रकास थेबे कृष्ण राज नेम्बाङ र पुष्प राज आङबुहाङ लगाएतका कलाकारहरुको अभिनय रहेको छ

चार वटा गीत रहने यस चलचित्रमा बुद्धराज इवाङ, राज चाम्लिङ र सन्तोस राईको संगीत रहको छ। उक्त गीतहरुमा दिपक लिम्बु, मेलिना राई, दिपा लामा, सन्तोष राई, राजु लिम्बु, दिप्सन लिम्बुहरुको आवाज रहेको छ। असोज पहिलो हप्ताबाट नेपाल लगायत विभिन्न देशहरुमा प्रदर्शन गर्ने योजना रहेको निर्माता प्रेम लावतीले बताए।

साउन ८, २०७६ बुधबार १०:३७

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .