गायिका बिन्दु परियार र गायक बिक्रम परियारको स्वर रहेको गीत ‘दिलको राजधानी’ सार्वजनिक भएको छ।
गीतमा राजेश बर्देवाको संगीत तथा एरेन्ज कृष्ण कँडेलको शब्द रहेको रहेको छ। ‘दिलको राजधानी’ बोलको गीत बिहीबार राजेश बर्देवाका युट्युब च्यानलबाट सार्वजनिक भएको हो।
गीतको म्युजिक भिडियोमा शिल्पा पोखरेल, दुर्गेश थापा र रवीन्द्र लामाको अभिनय रहेको छ।
म्युजिक भिडियोलाई बिक्रम चौहानले निर्देशन गरेका छन्। भिडियोमा प्रकाश खड्काको छायाँकन, मिलन विश्वकर्माको सम्पादन रहेको छ।
हेरौँ भिडियो
प्रतिक्रिया