चलचित्र ‘फटाह फणिन्द्रे’ निर्माण हुने भएको छ। निर्माता अरुण खड्काले अरुण फिल्म प्रोडक्सन प्रालीको तेस्रो प्रस्तुतिका रुपमा यो फिल्म निर्माण गर्न लागेका हुन्। फिल्मको निर्देशन समेत उनी आफैँले गर्दैछन्।
‘तिम्रो लागि’, ‘पाठशाला’ लगायत केही फिल्म निर्माण गरेका अरुण यसै फिल्मबाट निर्देशनमा डेब्यु गर्न लागेका हुन्। फिल्म निर्माणको सिलसिलामा आफूले यो क्षेत्रमा बिताएको एक दशकमा सिकेको र बटुलेको अनुभव ‘फटाह फणिन्द्रे’मा खन्याउन लागेको खड्काले बताए।
‘केही दिन अरुको फिल्म सुटिङ हेरेर धेरै निर्देशक भएका छन्’ खड्काले भने ‘म त यो क्षेत्रमा एक दशकदेखि छु’, उनले भने। अहिले बनिरहेकाभन्दा फरक र सबैले मन पराउने फिल्म आफूले बनाउने उनले खुलाए।
केही पहिले घोषणा भएको यो फिल्मका लागि अहिले सुष्मा कार्की मुख्य अभिनेत्रीको रुपमा छनौट भएकी छन्। १० लाख पारिश्रमिका सुस्मा फिल्मसँग जोडिएकी हुन्। चलेका र केही नयाँ कलाकार समेतको अभिनय रहने फिल्मको अन्य कलाकार छिट्टै टुंगो लाग्ने अरुणले जानकारी दिए।
उत्तम केसीको कथा, हिमाल उप्रेतीको पटकथा सम्वाद रहेको चलचित्रमा रोशन श्रेष्ठको एक्सन र हरि घले लामाको छायाँकन रहनेछ ।
नेत्र बिष्ट कार्यकारी निर्माता रहेको चलचित्र कमेडी जनरा निर्माण हुन लागेको हो । चलचित्रको छायाँकन आगामी कात्र्तिकबाट सुरु हुनेछ ।

प्रतिक्रिया