राजनीति


कर्णाली प्रदेशका मुख्यमन्त्रीले केन्द्रसँग मागे ५ सय कर्मचारी

कर्णाली प्रदेशका मुख्यमन्त्रीले केन्द्रसँग मागे ५ सय कर्मचारी

नेपालखबर
साउन ७, २०७६ मंगलबार ११:१३,

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफ्नो प्रदेशमा तत्काल पाँच सय कर्मचारीको व्यवस्था गर्न संघीय सरकारसँग माग गरेका छन्।

मुख्यमन्त्री शाहीले संघीय सरकारले तत्काल ५ सय कर्मचारीको व्यवस्था नगरे प्रदेश सरकारले कामै गर्न नसक्ने पनि स्पष्ट पारे। विकास, निर्माणका कामलाई अघि बढाउन ५ सय कर्मचारीको तत्काल आवश्यक्ता रहेको उनको भनाई छ।

मंगलबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले कर्मचारीकै अभावका कारण कर्णाली प्रदेशले कामै गर्न नसकेको गुनासो गरे। उनले कर्णाली प्रदेशमा कर्मचारी जानै नचाहेकाले त्यहाँ पठाउने कर्मचारीलाई थप तलब, भत्ताको व्यवस्था गर्न पनि संघीय सरकारलाई सुझाब दिए। कर्णाली प्रदेशमा हाल ३५ सय कर्मचारीको अभाव रहेको मुख्यमन्त्री शाहीको अनुमान छ।

मुख्यमन्त्री शाहीले कर्णालीको विकासका लागि बजेटको पनि अभाव भएको स्पष्ट पारे। उनले भौगोलिक विकटताका कारण विकास, निर्माणका लागि कर्णाली प्रदेशलाई अन्य प्रदेशको भन्दा बढी बजेटको आवश्यक्ता हुने पनि स्मरण गराए।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad