ad ad

कला


सुशान्त सिंहकी प्रेमिका रिया चक्रवर्ती गिरफ्तार

सुशान्त सिंहकी प्रेमिका रिया चक्रवर्ती गिरफ्तार

नेपालखबर
भदौ २३, २०७७ मंगलबार १०:५७,

लागूऔषधविरुद्धको सरकारी संस्था नार्कोटिक्स कन्ट्रोल ब्युरो एनसीबीले रियालाई गिरफ्तार गरेको भारतीय संचारमाध्यमले जनाएका छन्।

 केही समय अगाडि मात्र रियाकी भाई शौविक चक्रवर्ती पनि गिरफ्तारमा परेका थिए। एएनआईका अनुसार सुशान्त सिंह राजपुतको आत्महत्या प्रकरणमा यो तेस्रो गिरफ्तारी हो।

यसअघि सुशान्तकै म्यानेजर स्यामुअल मिरान्डालाई पनि एनसीबीले पक्राउ गरेको थियो।

सुशान्त सिंह राजपुतको आत्महत्याको विषयमा भारतको केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीले अनुसन्धान गरिरहेको छ।

तर सीआइबीको अनुसन्धानमा रियाको च्याटबाट लागुऔषधको धन्दाबारे तथ्य पत्ता लागेपछि एनसीबीले पनि अनुसन्धान गरिरहेको छ।

हाल सुशान्त सिंह राजपुतको विषयमा भारतका तीन मुख्य अनुसन्धान एजेन्सीले अनुसन्धान गरिहेका छन्।

पैसाको लेनदेनको विषयमा इन्फोर्समेन्ट डिरेक्टोरेटले अनुसन्धान गरिरहेको छ भने मृत्युको कारणको विषयमा सीबीआई तथा लागुऔषधको विषयमा एनसीबीले अध्ययन गरिरहेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .