ad ad

कला


भारतीय अभिनेता सुशान्तको मृत्यु प्रकरणले लियो नयाँ मोड, उनकै बहिनीविरुद्ध एफआईआर दर्ता

भारतीय अभिनेता सुशान्तको मृत्यु प्रकरणले लियो नयाँ मोड, उनकै बहिनीविरुद्ध एफआईआर दर्ता

नेपालखबर
भदौ २३, २०७७ मंगलबार २:७,

भारतीय अभिनेता सुशान्त सिंह राजपुतको मृत्यु प्रकरणरले नयाँ मोड लिएको छ। घटना अनुसन्धानका लागि सोमबार राति मुम्बई प्रहरीले सुशान्तकै बहिनी बहिनीविरूद्ध एफआईआर दर्ता गरेको हो।

समाचार एजेन्सी एएनआई के अनुसार सुशान्तकी प्रेमिका रिया चक्रवर्तीको गुनासोबमोजिम सुशान्तकै बहिनी प्रियंका शाह, दिल्लीस्थित राममनोहर लोहिया अस्पतालका डाक्टर तरुणकुमारलगायतविरुद्ध बान्द्रास्थित प्रहरी कार्यालयमा एफआईआर दर्ता गरिएको हो। जसमा उनीहरूविरुद्ध सुशान्तलाई आत्महत्याका लागि दुरुत्साहन, धोका र आपराधिक षड्यन्त्र गरेको आरोप लगाइएको छ।

सोमबार रिया चक्रवर्तीले बान्द्रास्थित प्रहरी कार्यालयमा गएर सुशान्तकी बहिनी प्रियंका सिंह र डाक्टर तरुणकुमारविरुद्ध नक्कली प्रेस्क्रिप्सन एवं टेली मेडिसिन प्राक्टिस गाइलाइन उल्लंघन गरेको आरोप लगाउँदै एफआईआर दर्ता गर्न अनुरोध गरेकी थिइन्।

रियाले आफ्नो लिखित गुनासोमा गत जुन ८ का दिन सुशान्तले आफ्नी बहिनीसँग मोबाइलमा भएको मेसेज कुराकानी देखाएको र त्यसमा उनकी बहिनीले उनलाई केही औषधि लिन भनिएको उल्लेख गरेकी थिइन्।

रियाका अनुसार उनले सुशान्तलाई सम्झाउने प्रयास गरेकी थिइन् कि सुशान्तले डाक्टरले भनेका औषधि मात्र खानुपर्छ, बहिनीले भनेको औषधि खान हुँदैन, किनकि उनले कुनै मेडिकल डिग्री लिएकी छैनन्। सुशान्तकी बहिनी र डाक्टर तरुणकुमारले नक्कली प्रेस्क्रिप्सन बनाएको उनको आरोप छ।

रियाका अनुसार यस विषयमा सुशान्त र उनको विवाद भयो र त्यसपपिछ सुशान्तले उनलाई आफ्नो घर जान दबाब दिए। किनकि सुशान्तका साथ उनकी दोस्री बहिनी मितु सिंह आएर बस्नेवाला थिइन्।

उसो त यस घटनामा सीबीआईले रिया चक्रवर्ती स्वयंविरुद्ध अनुसन्धान गरिरहेको छ।

सीबीआईबाहेक नारकोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी) ले पनि यस प्रकरणमा लागुऔषध खरिद, लेनदेन र प्रयोगसँग सम्बन्धित विषयमा अनुसन्धान गरिरहेको छ।

यस क्रममा एनसीबीले रियाका भाइ शौविक चक्रवर्ती र सुशान्तका प्रबन्धक रहेका श्यामुअल मिरान्डासहित ९ जनालाई पक्राउ गरिसकेको छ। एनसीबीले रिया चक्रवर्तीसँग पनि सोधपुछ गरिसकेको छ भने आज पुनः सोधपुछ गर्ने बताइएको छ।

अभिनेता सुशान्त सिंह राजपुत गत जुन १५ तारिख मुम्बईस्थित आफ्नै घरमा मृत फेला परेका थिए।

मुम्बई प्रहरीले आत्महत्या भनेको थियो। तर सुशान्तका बुबाले यसलाई अस्वीकार गर्दैै घटना अनुसन्धान गर्न माग गरेका थिए। सोही बमोजिम घटनाको अनुसन्धान भइरहेको हो। तर अहिलेसम्म यस विषयमा खासै प्रगति हुन नसकेको बीबीसी हिन्दीले जनाएको छ।

याे पनिभारतीय अभिनेता सुशान्त मृत्यु प्रकरणमा अर्का एक व्यक्ति पक्राउ, उनकै प्रेमिकाका भाइसहित ४ जना हिरासतमा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .