ad ad

खेल


पीएसजीका यी स्टारलाई पनि कोरोना संक्रमण, संकटमा टोली

पीएसजीका यी स्टारलाई पनि कोरोना संक्रमण, संकटमा टोली

नेपालखबर
भदौ २३, २०७७ मंगलबार २:४,

फ्रान्स तथा पेरिस सेन्ट जर्मन(पीएसजी)का युवा स्टार क्यालियन एम्बाप्पेलाई सोमबार कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।

फ्रान्स फुटबल संघले एक विज्ञप्तिमार्फत एम्बाप्पेलाई संक्रमण पुष्टि भएको जनाएको हो। संक्रमण पुष्टिभएसँगै उनले मंगलबार नेसन्स कप अन्तर्गत क्रोएसियासँग हुने खेल गुमाउने भएका छन।

नेसन्स लिगमा शनिबार भएको पहिलो खेलमा फ्रान्सले स्वीडेनलाई हराउँदा एकमात्रै निर्णायक गोल एम्बाप्पेले गरेका थिए।

संक्रमण पुष्टि भएपछि उनलाई सोमबार नै टोलीबाट अलग्गाउँदै घर पठाइएको छ।

गतहप्तामात्रै नेमारसहित पीएसजीका ६ खेलाडीमा संक्रमण देखिएको थियो। एम्बाप्पेलाई पनि संक्रमण देखिएपछि लिगा वानको सुरुवाति खेलका लागि टोलीलाई समस्या देखिने भएको छ।

साविक विजेता पीएसजीले बिहीबार लिगा वानको पहिलो खेलमा खेल्दैछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .