ad ad

खेल


निस्कन नपाएपछि बार्सिलोना फर्किएका मेस्सी एक्लै अभ्यासमा

निस्कन नपाएपछि बार्सिलोना फर्किएका मेस्सी एक्लै अभ्यासमा

नेपालखबर
भदौ २३, २०७७ मंगलबार २:१७,

बार्सिलोनाबाट बाहिरिने प्रयास असफल भएपनि लियोनल मेस्सी पुनः प्रशिक्षणमा फर्किएका छन।

गत अगष्ट २५ गते मेस्सीले क्लबलाई आफू बाहिरिन चाहेको र आफूलाई फ्रि ट्रान्सफरमा जान दिन अनुरोध गरेका थिए।

तर, क्लबले ७ सय मिलियन यूरो रिलिज क्लज नतिरेसम्म जान नदिने भएपछि यो सिजन क्लबमै रहन बाध्य भएका मेस्सी सोमबारबाट पुनः प्रशिक्षणमा फर्किएका हुन।

यसअघि उनले क्लबको स्वास्थ्य परीक्षण तथा प्रशिक्षणसमेत वहिष्कार गरेका थिए। स्पेनबाट अर्जेन्टिना पुगेका मेस्सी क्लबले रिलिज क्लजबिना जान नदिने बताएपछि पुनः स्पेन फर्किएर प्रशिक्षणमा जुटेका हुन।

अन्य टोली एकजुट भएर प्रशिक्षण गर्दा मेस्सीले भने एक्लै अभ्यास गरेका थिए। उनलाई ब्राजेलिन अट्याकिङ मिडफिल्डर फिलिप्पे काउटिन्होले साथ दिएका थिए।

नयाँ प्रशिक्षक रोनाल्ड कोमानको प्रशिक्षकत्वमा मेस्सी पहिलो पटक प्रशिक्षण गर्नेछन।

बार्सिलोनाले २७ सेप्टेम्बरमा ला लिगाको पहिलो खेल भिल्लारियलविरुद्ध खेल्दैछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .