महालक्ष्मी विकास बैंक लिमिटेड र सेन्ट्रल डायगनोस्टिक ल्याब्रोटरीबीच पीसीआर परीक्षणमा छुट दिने सम्बन्धी सम्झौता भएको छ।
बैंकले आफ्ना ग्राहकहरुका लागि विश्वमा महामारीको रुपमा फैलिएको कोभिड–१९ को परीक्षण (पीसीआर)का साथै अन्य गुणस्तरीय स्वास्थ्य सेवामा छुट प्रदान गर्ने उद्देश्यले सम्झौता गरेको जनाएको छ। उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट का. मु. प्रमुख कार्यकारी अधिकृत सागर शर्मा र कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत उमेश प्रसाद गुप्ताले हस्ताक्षर गरेका छन्।
सम्झौता अनुसार बैंकको डेबिट कार्ड तथा मोवाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरु, कर्मचारी लगायत कर्मचारीका परिवारले सेन्ट्रल डायगनोस्टिक ल्याब्रोटरीमा उपचार गराउँदा विभिन्न सेवा शुल्कमा छुट पाउनेछन्। सम्झौता अनुसार बैंकका डेबिट कार्ड तथा मोवाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरु, कर्मचारी साथै कर्मचारीका परिवारले जनरल प्याथोलोजी टेष्टमा अधिकतम २५ प्रतिशत र कोभिड–१९ को परीक्षणमा अधिकतम १५ प्रतिशत आकर्षक छुट प्राप्त गर्न सक्नेछन्।
देशका १०२ वटा शाखाहरुबाट बंैकिङ्ग सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक लि. ले आगामी दिनहरुमा उक्त कम्पनीसँग समन्वय गरी विभिन्न स्वास्थ्यसँग सम्बन्धीत कार्यक्रमहरु गर्दै जाने सहमति गरेको जनाएको छ।
Shares

प्रतिक्रिया