ad ad

कला


किशोर खतिवडा अभिनित ‘एल हाउस’को ट्रेलर सार्वजनिक (भिडियो)

किशोर खतिवडा अभिनित ‘एल हाउस’को ट्रेलर सार्वजनिक (भिडियो)

नेपालखबर
भदौ १६, २०७७ मंगलबार ५:४४,

अभिनेता किशोर खतिवडाको लेखन तथा निर्देशनमा निमार्ण भएको नेपाली कथानक फिल्म ‘एल हाउस’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ।

सामाजिक विषयमा निर्माण भएको फिल्म लकडाउनबीचमा सामाजिक दूरीलाई कायम गर्दै छायाँकन गरिएको थियो।

कोरोनाको त्राससँगै नेपाली जनताले भोग्नु परेको एकतिर छ भने घरधनी र भाडामा बस्ने व्यक्तिको पीडा र व्यथाबाट सिर्जना भएको समस्यालाई कसरी सरकारले सम्बोधन गर्न सक्दछ भन्ने विषयवस्तुलाई समेटिन सकिन्छ भन्ने विषयलाई मुख्य आधार बनाएर चलचित्रमा समावेश गरिएको चलचित्रका निर्देशक तथा लेखक किशोर खतिवडाले बताए।

दिवश गुरुङको छायाँकन, देव महर्जनको द्वन्द्व ,शिषम् राईको श्रृंगार, राजन महर्जनको कोरियोग्राफी, सुवास देवकोटाको सम्पादन रहने फिल्ममा किशोर खतिवडा, रनिला श्रेष्ठ, दीप कुलुङ, रितेश श्रेष्ठ, गोविन्द लामा, गंगा कुँवर, महेन्द्रकुमार राई, पदम सुनार, प्रवेश लिम्बु, वसन्त बर्मा लगायतको अभिनय रहनेछ।

सो चलचित्रमा बालकलाकारको भूमिकामा क्रेजा महर्जनको समेत अभिनय रहेको छ। चलचित्रलाई शत्रुधन अन्सारी तथा राम महर्जनको निर्माण गरेका छन् भने फिल्मको प्रस्तुतकर्ता कला राईले हुन्।

चलचित्रको गीतमा शब्द संगीत ईश्वर खड्का र छायाँ प्रसाईँको रहेको छ। साथै गायक राजु लामा स्याङरुङ र कृष्ण प्रसाईको रहेको छ।

हेर्नुहोस ट्रेलर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .