कला


क्यान्सरका कारण ब्ल्याक प्यान्थर चलचित्रका अभिनेता बोसम्यानको निधन

क्यान्सरका कारण ब्ल्याक प्यान्थर चलचित्रका अभिनेता बोसम्यानको निधन

नेपालखबर
भदौ १३, २०७७ शनिबार ५:५६,

ब्ल्याक प्यान्थर चलचित्रबाट ठूलो ख्याति कमाएका बोसम्यानको निधन क्यान्सरका कारण भएको बीबीसीले जनाएको छ।

चारवर्ष अगाडिदेखि उनी कोलोना क्यान्सर ‘आन्द्रासँग सम्बन्धित रोग’ बाट पीडित थिए। बोसम्यानको लस एन्जल्सस्थित निवासमा निधन भएको हो।

बोसम्यानले अभिनय गरेका ज्याकि रोबिनसन र गेट अन अप चलचित्र पनि निकै सफल थिए। उक्त चलचित्रहरु क्रमशः चर्चित बेसबल खेलाडी ज्याकी रोबिनसन र चर्चित गायक जेम्स ब्राउनसँग आधारित थिए।

तर बोसम्यनले सन् २०१८ मा अभिनय गरेको ब्ल्याक प्यान्थर निकै सफल बनेको थियो। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad