विवेकशील नेपाली पार्टीले अनलाइन डेलिभरी सेवालाई निरुत्साहित गर्ने कार्य कुनै सरकारी निकायबाट हुन नहुने बताएको छ।
शनिबार एक विज्ञप्ति प्रकाशित गर्दै पार्टीले कोरोनाको संक्रमणबाट जोगिन र महामारीका बखत धेर–थोर रोजगारी सिर्जना गरिरहेको भन्दै अनलाइन डेलिभरी सेवालाई निरुत्साहित नगर्न आग्रह गरेको हो।
काठमाडौँका विभिन्न स्थानबाट अनलाइन डेलिभरी गर्ने व्यक्तिलाई पक्राउ गर्ने र सवारी नियन्त्रणमा लिने गरेको घटना सार्वजनिक भएपछि विवेकशीलले विज्ञिप्तिनै निकालेर विरोध गरेको हो।
‘काठमाडौँका विभिन्न स्थानहरूबाट ई–कमर्स तथा अनलाइन डेलिभरी सेवा उद्यमीहरू, डेलिभरी गर्ने व्यक्तिहरू विना पक्राउ पुर्जी पक्राउ गर्ने र सवारी साधन नियन्त्रण लिने कार्य गृह मन्त्रालय अन्तर्गतका निकायहरूको मौखिक आदेशमा नेपाल प्रहरीबाट भएको भन्ने खबर प्रति विवेकशील नेपाली दलको ध्यानाकर्षण भएको छ’, उपाध्यक्ष अजिता राईद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘संक्रमणबाट जोगिन आवश्यक पर्ने सबैजसो मापदण्ड पूरा गर्दै महामारीमा सर्वसाधारणलाई सिर्जनशील तवरबाट सेवा सञ्चालन, र महामारीका बखत धेर(थोर रोजगारी सिर्जना गरिरहेका ई–कमर्स तथा अनलाइन डेलिभरी सेवालाई निरुत्साहित गर्ने कार्य कुनै सरकारी निकायबाट हुनुहुँदैन।’
काठमाडौँका विभिन्न स्थानहरूबाट ई–कमर्स तथा अनलाइन डेलिभरी सेवा उद्यमीहरू, डेलिभरी गर्ने व्यक्तिहरू विना पक्राउ पुर्जी प्रहरीले पक्राउ गर्ने र सवारी साधन नियन्त्रण लिने गर्न थालेपछि
विवेकशीलले कोरोनाको महामारकिा कारण नेपालको हरेक क्षेत्र आक्रान्त भइरहेको अवस्थामा ई–कमर्स तथा अनलाइन डेलिभरी सेवा सञ्चालकहरूले निषेधाज्ञाको बेलामा डेलिभरी सेवा सुचारु गर्दै गरेको भन्दै धन्यावाद समेत दिएको छ। यो सेवाले घरबाट निस्कन नमिल्ने अवस्थामा पनि खाद्य तथा अन्य आवश्यक उपभोग्य सामानहरू डेलिभरी हुँदा आम नागरिकहरुलाई सहज बनाएको उसको दावी छ।

प्रतिक्रिया