ad ad

समाज


कोरोनाले नेपालमा ४९ हजार मानिसको मृत्यु हुन्छ भन्ने अनुमान शतप्रतिशत गलत : डा. पाण्डे

कोरोनाले नेपालमा ४९ हजार मानिसको मृत्यु हुन्छ भन्ने अनुमान शतप्रतिशत गलत : डा. पाण्डे

नेपालखबर
भदौ १३, २०७७ शनिबार ६:१४,

जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डेले कोरोनाका कारण नेपालमा ४९ हजार जनाको मृत्यु हुन्छ भनेर अक्सफोर्ड पोलिसी म्यानेजमेन्टले गरेको अनुमान शतप्रतिशत गलत भएको दाबी गरेका छन्।

यो वर्ष अर्थात् डिसेम्बरसम्म ८१ प्रतिशत नेपाली संक्रमित हुने तथा ४९ हजार २ सय जनाको मृत्यु हुन्छ भन्ने निष्कर्ष निकालेर जनमानसमा त्रास उत्पन्न गराइएको भन्दै उनले खण्डन गरेका हुन्।

उनले भनेका छन्, ‘एउटा अध्येताका नाताले म दाबी गर्दछु कि त्यो अनुमान १०० प्रतिशत गलत हो, उक्त अध्ययनमा प्रकाशित संक्रमित एवं मृतकको संख्या कुनै पनि मिलेको छैन र मिल्दैन।’

याे पनिअध्ययन भन्छ : कोरोना संक्रमणबाट नेपालमा ४९ हजार जनाको मृत्यु हुन सक्छ

शनिबार बिहान आफ्नो फेसबुकमा स्टाटस लेख्दै उनले यस्तो भ्रमको पछाडि नलाग्न पनि सबैलाई आग्रह गरेका छन्।

‘जुनदेखि सेप्टेम्बरसम्म प्रतिदिन ५० हजारदेखि ७५ हजारसम्म संक्रमित हुने, जुलाईदेखि अक्टुबरसम्म संक्रमण उच्चबिन्दुमा पुग्नेलगायत कुनै पनि तथ्यांक सही छैनन्, उनले लेखेका छन्,  महामारीको समय यी र यस्ता अनेकौं हल्ला र भ्रम आइरहेका छन्, कुनै पनि हल्ला र भ्रमको विश्वास नगर्न हुन म विनम्र अनुरोध गर्दछु।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .