कला


गायिका पवित्रा घर्ती सम्मानित

गायिका पवित्रा घर्ती सम्मानित

नेपालखबर
साउन ५, २०७६ आइतबार ११:२४,

वरिष्ठ गायीका पवित्रा घर्तिमगर सम्मानित भएकी छन्। 

नेपाली सुगम संगीतका चर्चित तथा लोकप्रिय गायक स्व. अरुण थापाको सम्झनामा आइतबार आयोजित एक कार्यक्रममा खानेपानी तथा सरसफाई मन्त्री बिना मगरले गायीका थापालाई सम्मान गरेकी हुन्। गायीका घर्ती मगरले करिब ५ सय जति लोक तथा आधुनिक गीतमा स्वर दिएकी छन्।
नेपाल मगर विद्यार्थी संघ र नेपाल मगर साँस्कृतिक संघ केन्द्रीय समितिले राजधानीको प्रज्ञा भवनमा स्व. थापाको २० औं स्मृति सभा तथा संगीत पुरस्कार वितरण समारोह आयोजना गरी गायक स्व. थापाको स्मृति कार्यक्रम सम्पन्न गरेको हो ।

गायक स्व. अरुण थापाको सम्झना गर्दै कार्यक्रममा उनले गाएका गीतहरु कार्यक्रममा सहभागी अन्य गायकहरुले गाएका थिए । ‘ऋतुहरुमा तिमी हरियाली बसन्त हौ’, ‘जति माया गरे पनि जति कसम खाए पनि’, ‘भुलुँ भुलुँ लाग्यो मलाई’, र ‘चोट के हो व्यथा के हो म जस्तो घाइतेलाई नसोध’ लगायत स्व. थापाका थुप्रै गीतहरु अझैपनि उत्तिकै चर्चित छन् । 

वि.सं २०५६ साउन ५ गते ४७ वर्षको उमेरमा फोक्सोको क्यान्सरबाट गायक थापाको निधन भएको थियो।

कार्यक्रममा खानेपानी मन्त्री मगरले गीत संगीतको क्षेत्रमा स्व. अरुण थापाले दिको योगदानलाई राज्यले उचित कदर गर्ने बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .