त्रिकोणात्मक प्रेमकथामा आधिारित फिल्म ‘लभ यु हमेशा’को टिजर सार्वजनिक भएको छ।
यशराज गरच, ऋचा थापा, गफिजा योन्जन, शिशिर राणा, गोपाल ढकाल, पिटी योल्मा, प्रमिला राई, सल्देन तामाङ आदि अभिनित यो फिल्म आगामी भदौ २७ गतेबाट प्रदशर्नमा आउँदैछ।
सार्वजनिक टिजरमा प्रेम, रोमान्स, धोका र द्वन्द्वलाई उत्तिकै महत्वका साथ देखाइको छ। फिल्ममा यशराज गराच, ऋचा थापा र फिजा योञ्जनबीचको त्रिकोणात्म प्रेमकथाले निम्त्याएको समस्यलाई प्रस्तुत गरिएको छ।
क्रिएसनको ब्यानरमा निर्माण भएको सिनेमाका प्रस्तुतकर्ता यवन गुरुङ भने भाष्कर प्रधानले यो फिल्मको निर्देशन गरेका छन्। निर्देशक भास्करकै कथा फिल्ममा शिव ढकालको छायांकन, एनबी महर्जनको द्वन्द्व, भासुको संगीत, कमल राईको कोरियोग्राफी र मिलन श्रेष्ठको सम्पादन रहेको छ।
फिल्मको छायँकन भारतको कालेबुङ, सिलगुडी तथा काठमाडौमा गरिएको र केही दृश्य सिंगापुर र फिलिपिन्समा समेत छायाँकन गरिएको हो।
हेरौँ टिजर

प्रतिक्रिया